5 years ago
October 28, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४८ औं खेलमा आज शीर्ष स्थानका मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

मुम्बई र बेंगलोरबीचको विजेता टोलीको प्लेअफमा स्थान पक्का हुने छ । पराजित हुने टोलीले प्ले अफमा स्थान बनाउन अन्य नतिजा पर्खनु पर्ने हुन्छ । आजको विजेता टोली शीर्षस्थानमा उक्लिने छ । समान ११ खेल खेलेका मुम्बई र बेंगलोरको १४–१४ अंक छ । नेट रन रेटको आधारमा मुम्बई शीर्ष र बेंगलोर दोस्रो स्थानमा छ ।
आजको विजेता टोलीलाई शीर्ष दुई मा रहेर लिग चरण अन्त्य गर्दै सोझै क्वालिफायर खेल्न पाउने अवसर पनि रहनेछ । लिग चरणको खेलमा मुम्बई बेंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो । यी दुवै टोलीले पछिल्लो खेलमा हार बेहोरेका छन् ।
मुम्बई पछिल्लो खेलमा राजस्थान रोयल्ससँग ८ विकेटले पराजित भएको थियो । मुम्बईले प्रस्तुत गरेको १ सय ९६ रनको विजयी लक्ष्य राजस्थानले १८.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । मुम्बईका कप्तान रोहित शर्मा किंग्स इलेभेन पन्जाबसँग घाइते हुँदा पछिल्ला दुई खेल गुमाएका छन् । रोहित आजको खेलमा पनि टोलीमा उपलब्ध हुने सम्भावना कम छ ।

कार्यवाहक कप्तान काइरन पोलार्डको प्रर्दशन महत्वपूर्ण हुने छ । क्विन्टन डी कक, सूर्यकुमार यादव, ईशान किशनले शीर्षक्रममा राम्रो प्रर्दशन गर्दै आएका छन् । हार्दिकले राजस्थानविरुद्ध २१ बलमा ६० रन जोडेका थिए । हार्दिकबाट मुम्बई त्यस्तै प्रर्दशनको आशा राखेको छ ।
राजस्थानविरुद्ध दुवै विकेट जेम्स प्याटिनसनले लिएका थिए । जारी सिजनमा उच्च प्रर्दशन गरेका जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट विकेटविहिन बनेका थिए । बुमराह र बोल्टले उच्च प्रर्दशन गर्नुपर्ने आवश्यक देखिन्छ । लिग चरणको खेलमा ९९ रनमा आउट भएका किशन र २४ बलमा ६० रन जोडेका पोलार्ड बेंगलोरलाई टाउको दुखाईका खेलाडी बन्न सक्छन् ।
बेंगलोरले पछिल्लो खेलमा चेन्नई सुपर किंग्ससँग ८ विकेटले पराजित भएको थियो । ओपनर देवदत्त पाडिक्कल र एबी डिभिलियर्स राम्रो लयमा छन् । डी भिलियर्सले मुम्बईविरुद्ध लिग चरणको खेलमा अन्त्यमा २४ बलमा ५५ रन जोडेका थिए । उत्कृष्ट लयमा रहेका डी भिलियर्सलाई रोक्न मुम्बईका बलरलाई प्रमुख चुनौती हुने छ । कप्तान विराट कोहलीले पनि राम्रो प्रर्दशन गर्दै आएको हुँदा बेंगलोरको ब्याटिङ बलियो देखिएको छ ।
क्रिस मोरिस र युजभेन्द्र चहल बलिङ हतियार हुन् । मोरिसले ६ खेलमा १० र चहलले ११ खेलमा १६ विकेट लिएका छन् । मोईन अलीको स्थानमा इसुरु उडानालाई खेलाउन सक्छ । आइपिएलमा यी दुई टोलीबीच कुल २६ खेल भएको छ । जसमा मुम्बई १६ खेलमा विजयी हुँदा १० खेलमा पराजित भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]