default_image

5 years ago

October 28, 2020

भारत र अष्ट्रेलियाबीचको सिरिजको मिति तय

163 views

0 Bookmark

एजेन्सी– भारतले अष्ट्रेलियासँग खेल्ने चार टेष्ट, समान तीन ओडिआई र टि२० आई सिरिजको मिति तय भएको छ । क्रिकेट अष्ट्रेलियाले बुधबार घरेलु मैदानमा हुने उक्त सिरिजको मिति औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

नोभेम्बर अन्तिम देखि ओडिआई देखि सुरु हुने उक्त सिरिज जनवरी तेस्रो सातामा टेष्ट हुँदै सकिने छ । अष्ट्रेलिया भ्रमणको लागि भारतले विराट कोहलीको कप्तानीमा टोली घोषणा गरिसकेको छ । हाल भारतका सबै खेलाडी इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका छन् ।

अष्ट्रेलियाका केहि प्रमुख खेलाडी पनि आइपिएल खेलिरहेका छन् । आइपिएल नोभेम्बर १० मा सकिने छ । भारत र अष्ट्रेलियाबीचको ओडिआईसिरिज नोभेम्बर २७ देखि सुरु हुने छ । भारत आइपिएल सकिएसँगै अष्ट्रेलिया भ्रमणमा निस्कने छ ।

भारत र अष्ट्रेलियाबीचको सिरिजको खेल तालिका

तीन ओडिआई सिरिज

पहिलो – नोभेम्बर २७, सिड्नी क्रिकेट ग्राउन्ड

दोस्रो – नोभेम्बर २९, सिड्नी क्रिकेट ग्राउन्ड

तेस्रो – डिसेम्बर २, मानुका ओभल

तीन टि२० आई सिरिज

पहिलो – ४ डिसेम्बर, मानुका ओभल

दोस्रो – ६ डिसेम्बर, सिड्नी क्रिकेट ग्राउन्ड

तेस्रो – ८ डिसेम्बर, सिड्नी क्रिकेट ग्राउन्ड

चार टेष्ट सिरिज

पहिलो – १७–२१ डिसेम्बर, एडिलेड ओभल(दिन/रात)

दोस्रो – २६–३० डिसेम्बर, मेलबर्न क्रिकेट स्टेडियम

तेस्रो – ७–११ जनवरी, सिड्नी क्रिकेट ग्राउन्ड

चौथो तथा अन्तिम – १५–१९ जनवरी, द गाब्बा

यो पनि पढ्नुहोस : रोहितबिनै भारतीय टोली घोषणा, राहुल उपकप्तान

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.