default_image

5 years ago

October 28, 2020

मुम्बईविरुद्ध बेंगलोरमा तीन परिवर्तन

134 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा मुम्बईका कार्यबाहक कप्तान काइरन पोलार्डले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टोलीमा परिवर्तन गरेको छैन । बेंगलोरले टोलीमा तीन परिवर्तन गरेको छ । कप्तान विराट कोहलीका अनुसार ओपनर आरोन फिन्चको स्थानमा युवा ब्याट्सम्यान जोश फिलिपेलाई मौका दिएको छ ।

त्यस्तै अलराउन्डर मोईन अलीको स्थानमा तीव्र गतिका बलर डेल स्टेनलाई मौका दिएको छ । घाइते नवदीप सैनी आज टोलीमा छैनन् । सैनी नहुँदा शिवम् दुबेले मौका पाएका छन् । सैनी पछिल्लो खेलमा घाइते हुन पुगेका थिए ।

मुम्बई र बेंगलोरबीचको विजेता टोलीको प्लेअफमा स्थान पक्का हुने छ । पराजित हुने टोलीले प्ले अफमा स्थान बनाउन अन्य नतिजा पर्खनु पर्ने हुन्छ । आजको विजेता टोली शीर्षस्थानमा उक्लिने छ । समान ११ खेल खेलेका मुम्बई र बेंगलोरको १४–१४ अंक छ । नेट रन रेटको आधारमा मुम्बई शीर्ष र बेंगलोर दोस्रो स्थानमा छ ।

आजको विजेता टोलीलाई शीर्ष दुई मा रहेर लिग चरण अन्त्य गर्दै सोझै क्वालिफायर खेल्न पाउने अवसर पनि रहनेछ । लिग चरणको खेलमा मुम्बई बेंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो । आइपिएलमा यी दुई टोलीबीच कुल २६ खेल भएको छ । जसमा मुम्बई १६ खेलमा विजयी हुँदा १० खेलमा पराजित भएको छ ।

मुम्बईको प्लेइङ ११ – काइरन पोलार्ड(कप्तान) क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, सौरभ तिवारी , जेम्स प्याटिनसन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह

बेंगलोरको प्लेइङ ११ – जोश फिलिपे, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, क्रिस मोरिस, मोहम्मद शिराज, वासिन्टन सुन्दर, गुरकिरत सिंहमान, शिवम् दुबे, डेल स्टेन र युजभेन्द्र चहल

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.