5 years ago
October 28, 2020
एजेन्सी – बायाँ हाते युवा ओपनर देवदत्त पाडिक्कलले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै अर्धशतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ६५ रनको मध्यम लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । पाडिक्कलले ४५ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ७४ रनको योगदान दिए । सुरुवात राम्रो गरेपनि अन्त्य कमजोर गर्दा बेंगलोर विशाल योगफल बनाउन चुकेको हो । बेंगलोरले अन्तिम पाँच ओभरमा ३५ रन जोड्न ४ विकेट गुमाउन पुगेको थियो ।
बेंगलोरलाई दुई युवा ओपनर ओपनर देवदत्त पाडिक्कल र जोश फिलिपेले ७.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी स्पिनर राहुल चहरले क्विन्टन डी ककबाट फिलिपेलाई स्टम्पिङ आउट गराउँदै तोडेका थिए । फिलिपेले २४ बलमा ४ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । फिलिपेको खुट्टा जमिनको सतह भन्दा केहिमाथी भएको अवस्थामा स्टम्पिङ हुन पुगेका थिए ।
जस्प्रित बुमराहले कप्तान विराट कोहलीलाई १२ औं ओभरको दोस्रो बलमा सौरभ तिवारीबाट ९ रनमा क्याच आउट गराए । कप्तान काइरन पोलार्डको १६ औं ओभरको दोस्रो बलमा एबी डि भिलियर्स चहरबाट १५ रनमा क्याच आउट हुन पुगे । डी भिलियर्सले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
१७ औं ओभरमा बुमराहले दुई विकेट सहित मेडन राख्दै खेलमा फर्काएका थिए । तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा शिवम् दुबे दुई रनमा सूर्यकुमार यादवबाट क्याच आउट हुन पुगे । पाँचौ बलमा पाडिक्कल बोल्टबाट समातिन पुगे । ट्रेन्ट बोल्टको १८ औैं ओभरको दोस्रो बलमा क्रिस मोरिस ४ रनमा जेम्स प्याटिनसनबाट क्याच आउट हुन पुगेका थिए । गुरक्रित मानसिंह ११ बलमा २ चौका सहित १४ रनमा अविजित रहे ।
वासिन्टन सुन्दर ६ बलमा १ चौका सहित १० रनमा अविजित रहे । जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ३ विकेट लिए । राहुल चहर, ट्रेन्ट बोल्ट र कप्तान काइरन पोलार्डको नाममा एक एक विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]