default_image

5 years ago

October 30, 2020

उदाउन नपाएका ‘सूर्य’

222 views

0 Bookmark

एजेन्सी– राष्ट्रिय टोलीलाई खेलाडी छनोटको प्रमुख आधार घरेलु प्रतियोगिता प्रर्दशन हो । विश्व क्रिकेट जगतमै उमेर समूह हुँदै घरेलु प्रतियोगितालाई मुख्य आधार मानेर खेलाडी छनोट गर्ने गरिन्छ ।

एसोसिएट टोलीमा तुलनात्मक रुपमा कम प्रतिस्पर्धा हुने हुँदा उमेर समूहको प्रर्दशनकै आधारमा सिनियर टोलीमा छिटो मौका पाउने गर्दछन् । तर टेष्ट टोलीमा खेलाडीहरुको उच्च प्रतिस्पर्धाको कारण उमेरसँगै प्रमुख घरेलु प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रर्दशन र धैर्य रहन आवश्यक देखिन्छ ।

घरेलु प्रतियोगितामा उच्च प्रर्दशन गर्दैमा सबै खेलाडी राष्ट्रिय टोलीमा मौका पाउछ भन्ने हुँदैन ।
भारत बलियो क्रिकेट टोली बन्नुमा क्रिकेट खेलाडीबीच उच्च प्रतिस्पर्धा पनि एक हो । त्यसैले घरेलु प्रतियोगितामा नियमित उच्च प्रर्दशन गर्दापनि टोलीमा मौका नपाएका थुप्रै खेलाडी छन् । ३० वर्षिय ब्याट्सम्यान सूर्यकुमार यादव त्यसै मध्यका एक उदाहरण हुन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल), रणजी ट्रफी, शैद मुश्ताक अली ट्रफी र विजय हजारे ट्रफी भारतका प्रमुख घरेलु प्रतियोगिता हुन् । आइपिएल विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग हो । यसको प्रर्दशनले सबै खेलाडीलाई निकै महत्वपूर्ण हुन्छ । रणजी प्रथम श्रेणी, विजय हजारे एक दिवसिय र शैद मुश्ताक टि२० प्रतियोगिता हुन् । यी चार प्रतियोगिता खेलाडी छनोटका भारतीय क्रिकेटमा प्रमुख आधार हुन् । तर यी सबै प्रतियोगिता नियमित खेल्दै राम्रो प्रर्दशनका बाबजुद पनि सूर्यले भारतीय टोलीमा स्थान बनाउन सकेका छैनन् ।

भारतीय टोलीको जर्सी लगाउने सपना पूरा गर्न संघर्षरत छन् । सूर्यको त्यहि संघर्ष र मिहिनेतको कारण आइपिएलमा उनको प्रर्दशनमा त्यतिनै चमक देखिएको छ । जारी सिजनको आइपिएलमा राम्रो प्रर्दशन गरि रहेका सूर्य भारतीय टोलीमा स्थान बनाउनेमा आशावादी थिए । तर भारतले आगमी महिना हुने चार टेष्ट, तीन ओडिआई र तीन टि२० सिरिजलाई सोमबार अष्ट्रेलिया भ्रमणलाई टोलीको घोषणा गर्यो । तर सूर्यको सपना पूरा हुन सकेन ।

त्यसको दुई दिनपछि भारतीय छनोट कर्तालाई उनले प्रर्दशनबाटै राम्रो जवाफ र सोच्न बाध्य बनाएका छन् । मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै दुई खेल अगावै प्ले अफमा पुर्याउन उनी हिरो मात्र बन्न पुगेनन् आफू भारतीय क्रिकेटमा किन योग्य नरहेको भन्ने प्रश्न समेत गर्ने ठाउँ देखाए । सुर्य ४३ बलमा १० चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिए । प्लेयर अफ द म्याचसँगै उनले एकै खेलमा चार व्यक्तिगत अवार्ड जितेका थिए ।

सूर्यको अर्को राम्रो विशेषता सट छनोटलाई लिइन्छ । सट छनोट क्रिकेटमा निकै महत्वपूर्ण हुन्छ । उनी मैदानको चारैतर्फ रन जोड्ने क्षमता राख्ने गर्दछन् । सूर्यले १६ औं ओभरको पहिलो बलमा मोहम्मद शिराजलाई चौका प्रहार गर्दै २९ बलमा जारी आइपिएलमा ब्यक्तिगत तेस्रो अर्धशतक पूरा गरेका थिए । उनको अर्धशतकमा डग आउटमा रहेका मुम्बईका खेलाडी, प्रशिक्षक र कप्तान रोहित शर्माले तालि बजाउँदै सम्मान दिनुको साथै खुसी थिए ।

अन्तिम ओभरको पहिलो बलमा सूर्यले शिराजलाई चौका प्रहार गर्दै खेल अन्त्य गरे । त्यसपछि उनले आफ्नो हेलमेट निकालेर सेलिब्रेसन गरे । उनले आफ्नो हात उठाउँदै छातीमा दुई पटक राख्दै ‘म छु’ भन्ने संकेत दिएका थिए । अर्कोतर्फ औंलाले ठिक छ भन्ने संकेत समेत दिएका थिए । उनले आफ्नो बेन्चतर्फ इंगित गरेको उक्त सेलेब्रेसन भारतीय टोलीको छनोटकर्ता तर्फ इंगित गरेको अनुमान समेत गरिएको छ ।

भारतीय क्रिकेटका कप्तान समेत रहेका बेंगलोरका विराट कोहलीले सूर्यको प्रर्दशनलाई हेरेर मन बुझाउन बाहेक अन्य विकल्प थिएन । बेंगलोरको जितमा उनी नै बाधक बनेका थिए । सूर्यले कोहलीको टोलीविरुद्ध गरेको प्रर्दशनले अझ विशेष महत्त्व राखेको थियो । कोहलीलाई पनि सूर्यले यी खेलाडी टोलीमा किन परेनन् भन्ने सोच्ने अवस्थामा पुर्याएका थिए ।

जारी सिजनमा राजस्थानविरुद्ध पनि सूर्य ७९ रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए । उनले आफू म्याच फिनिसर रहेको समेत प्रमाणित गरिसकेका छन् । सूर्यले पछिल्लो तीन वर्षमा आइपिएलमा उच्च प्रर्दशन गर्दै आएका छन् । जारी सिजनमा ३ सय ६२ रन बनाई सकेका छन् । सन् २०१९ मा मुम्बई च्याम्पियन बन्दा सुर्यले कुल ४ सय २४ रन जोडेका थिए । सन् २०१८ मा सुर्यले ५ सय १५ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा आठौं स्थानमा थिए ।

मुम्बईबाट घरेलु क्रिकेट खेल्ने सुर्यले अन्य घरेलु क्रिकेटमा पनि उच्च प्रर्दशन गर्दै आएका छन् । सन् २०१० देखि मुम्बईबाट घरेलु क्रिकेट खेल्दै आएका उनले प्रथम, एक दिवसिय र टि२० तीनै शैलीमा उच्च प्रर्दशन गरेका छन् । उनले ७७ प्रथम श्रेणीमा १४ शतक र २६ अर्ध शतकका साथ ५ हजार ३ सय २६ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन २ सय रहँदा औसत ४४ को छ ।

सुर्यले सन् २०१० मा दिल्लीविरुद्ध प्रथम श्रेणीमा यादगर डेब्यू गरेका थिए । उक्त डेब्यू खेलको पहिलो इनिङमा ७३ रनको इनिङ खेलेका थिए । जुन इनिङमा मुम्बईबाट अर्धशतक प्रहार गर्ने उनी एक्लो खेलाडी थिए ।

गुजरातविरुद्ध त्यसैवर्ष विजय हजारे प्रतियोगितामार्फत लिष्ट ए मा डेब्यु गरेका थिए । उक्त डेब्यू खेलमा ४१ रन जोडेका थिए । त्यसवर्ष शैद मुश्ताकमा टि२० क्रिकेटमा हैदराबादविरुद्ध डेब्यु गरेका थिए । सूर्यले १ सय ६१ खेलमा ३ हजार ३ सय ७४ रन बनाएका छन् । ९३ लिष्ट ए मा २ शतक र १५ अर्ध शतक सहित २ हजार ४ सय ४७ रन बनाएका छन् । सन् २०१९-२० को शैद मुश्ताकमा सूर्य सर्वाधिक रन बनाउने तेस्रो खेलाडी बनेका थिए । उनले ११ खेलमा ३ सय ९२ रन बनाएका थिए । जसमा ४ अर्ध शतक सामेल थियो ।

सूर्यलाई अक्सनमा मुम्बईले सन् २०१८ मा ३ करोड २० हजार भारतीय रुपैयाँ खर्चेको थियो । सूर्यलाई सन् २०१२ मा मुम्बईले अनुबन्ध गरेको थियो । तर त्यसबेला उनले मौका पाउन सकेनन् । सन् २०१४ मा भने सुर्य कोलकातामा पुगेका थिए । सूर्य भारतीय ए टोलीका नियमित सदस्य हुन् र नियमित उच्च प्रर्दशन गर्दै आएका छन् ।

बेंगलोरसँगको खेलपछि कप्तान काइरन पोलार्डले उनी भारतीय टोलीमा नपर्नुमा दुखी रहेको बताएका थिए । ‘हामीले केहि विकेट चाडैं गुमाएका थियौं । तर सूर्यले जित दिलाए । कुनैपनि खेलाडी विकेट गुम्दा उक्त नम्बरमा आएर उत्कृष्ट स्ट्राइक रेटका साथ ब्याटिङ गर्छन् भने पक्कै सामान्य प्रतिभा भएको खेलाडी होईनन् । सूर्य भारतीय टोलीमा नपर्दा धेरै निराश थिए,’ उनले भने ।

तीव्र गतिका बलर मिचेल म्याकलेघानले सुर्य भारतको ३ सय ६० डिग्रीका खेलाडी रहेको बताएका छन् । ‘सूर्य नमस्कार, मजबुत र धेर्य रहनुहोस्’, भारतीय प्रशिक्षक रवि शास्त्रीले ट्वीट गर्दै भनेका छन् ।

सूर्यलाई भारतीय टोलीमा मौका दिने अहिले सबैभन्दा राम्रो समय पनि देखिन्छ । चौथो र पाँचौ नम्बरको ब्याटिङ समस्या सूर्य दीर्घकालिन समधान बन्न सक्छन् । आगमी वर्ष भारतमा टि२० विश्वकप हुँदैछ । उक्त विश्वकपलाई तयार पार्न यो लयलाई समयमै सदुपयोग गर्न आवश्यक देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.