5 years ago
October 31, 2020
एजेन्सी– वेस्टइन्डिजका ओपनर ब्याट्सम्यान क्रिस गेलले टि२० क्रिकेटमा ऐतिहासिक एक हजार छक्का पूरा गरेका छन् ।

गेल टि२० क्रिकेट इतिहासमा एक हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी हुन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार किंग्स इलेभेन पन्जाबबाट राजस्थान रोयल्सविरुद्ध ९९ रनको इनिङ खेल्नेक्रममा गेलले एक हजार छक्का पनि पूरा गरेका थिए । राजस्थानविरुद्ध क्रिस गेल ६३ बलमा ६ चौका र ८ छक्का सहित ९९ रनमा बोल्ड आउट भए ।
जसक्रममा गेलले बेन स्टोक्सलाई १९ औं ओभरको पाँचौ बलमा मिड विकेटमा छक्का प्रहार गर्दै यस उपलब्धी हात पारेका थिए । गेलले ४ सय १० खेलमा यस उपलब्धी हात पारेका हुन् । टि२० मा सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो स्थानमा वेस्टइन्डिजका काइरन पोलार्ड छन् । पोलार्डले ५ सय २४ खेलमा ६ सय ९० छक्का प्रहार गरेका छन् ।
तेस्रो स्थानमा न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डन म्याकुलम छन् । म्याकुलमले ३ सय ७० खेलमा ४ सय ८५ छक्का प्रहार गरेका छन् । शेन वाटसनले ४ सय ६७, आन्द्रे रसेलले ४ सय ४७ र एबी डिभिलियर्सले ४ सय १७ छक्का प्रहार गरेका छन् ।
यो पनि : पन्जाबमाथि राजस्थानको सानदार जित
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]