5 years ago
October 31, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

बेंगलोर १२ खेलमा ७ मा जित र ५ खेलमा पराजयका साथ दोस्रो स्थानमा छ । हैदराबाद १२ खेलमा ५ मा जित र ७ मा हार सहित सातौं स्थानमा छ । बेंगलोर आजको खेलमा विजयी भए प्ले अफमा पुग्ने छ ।
हैदराबादले प्ले अफको अंक गणितिय सम्भावनालाई कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । हैदराबाद पराजित भए औपचारिक रुपमा लिग चरणबाट बाहिरिने छ । यसअघि लिग चरणको पहिलो खेलमा बेंगलोरले हैदराबादलाई १० रनले पराजित गरेको थियो ।
बेंगलोर पछिल्लो खेलमा मुम्बईसँग ५ विकेटले पराजित भएको थियो । बेंगलोरका ओपनर देवदत्त पाडिक्कल राम्रो लयमा छन् । उनले जारी आइपिएलमा ४ सय १७ रन बनाई सकेका छन् । त्यस्तै मुम्बईविरुद्ध अर्का युवा ब्याट्सम्यान जोश फिलिपेले राम्रो सुरुवात दिएका थिए ।
कप्तान विराट कोहलीलाई भने उत्कृष्ट प्रर्दशनको आवश्यक देखिन्छ । आक्रामक ब्याट्सम्यान एबी डिभिलियर्सको प्रर्दशन बेंगलोरलाई निकै महत्वपूर्ण हुने छ । उनको उत्कृष्ट अन्त्य विना बेंगलोरलाई जित निकाल्न सहज हुने छैन ।

शारजाहको छोटो बाउन्ड्रीको फाइदा एबी डिभिलियर्सले उठाउन सक्छन् । नवदीप सैनी घाइते हुँदा मुम्बईसँगको खेलमा टोलीमा थिएनन् । सैनी नहुँदा बलिङ कमजोर बनेको थियो । उनी टोलीमा फर्किए डेथ ओभर बलिङ बलियो बन्ने छ । डेल स्टेनको स्थानमा इसुरु उडानालाई मौका दिने सम्भावना देखिन्छ । क्रिस मोरिस र युजभेन्द्र चहल बलिङ हतियार हुन् । पछिल्ला खेलमा मोहम्मद शिराजले पनि राम्रो प्रर्दशन गर्दै आएका छन् ।
पछिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको हैदराबादको मनोबल उच्च छ । उक्त खेलमा ओपनर ऋद्धिमान शाह र कप्तान डेभिड वार्नरले उत्कृष्ट प्रर्दशन गरेका थिए । हैदराबादको मुख्य कमजोरी शीर्षक्रम ब्याटिङमा निर्भर रहनु हो । हैदराबादको जितमा शीर्षक्रमकै ब्याट्सम्यानको प्रर्दशन बढी निर्भर रहँदै आएको छ ।
हैदराबादका मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानलाई उच्च प्रर्दशन गर्न आवश्यक छ । केन विलियम्सन र मनिष पान्डे मध्यक्रमका प्रमुख ब्याट्सम्यान हुन् । राशिद खान हैदराबादका प्रमुख हतियार हुन् । राशिदले दिल्लीलाई हराउन ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिएका थिए । जारी आइपिएलमा राशिदले उच्च प्रर्दशन गरि रहेका छन् ।
तीव्र गतिका बलर टि नटराजन र सन्दीप शर्माले पनि राम्रो प्रर्दशन गर्दै आएका छन् । योर्करका लागि माहिर टि नटराजन टोलीलाई नायक बन्न सक्छन् । आइपिएलमा यी दुई टोलीबीच कुल १६ खेल भएको छ । जसमा हैदराबाद ८ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ । एक खेल खेलको नतिजा बिहिन छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]