default_image

5 years ago

November 2, 2020

आइपिएल प्ले अफ : तीन स्थानलाई चार टोलीको प्रतिस्पर्धा

167 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणका २ खेल बाँकी छन् । आइपिएलका लिग चरणका ५४ खेल सकिँदा मुम्बई इन्डिन्सले शीर्षस्थानका साथ प्लेअफमा स्थान बनाइसकेको छ ।

चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स र किंग्स इलेभेन पन्जाब लिग चरणबाट बाहिरिने टोली बनेका छन् । तीन प्ले अफमा स्थान बनाउन ४ टोलीबीच दौडधुप छ । लिग चरणमा बाँकी २ खेलले ४ टोली मध्य तीनले प्ले अफमा स्थान बनाउने छन् । एक टोली बाहिरिने छ । जसमा रोयल च्यालेन्जर्स बेंगलोर र दिल्ली मध्य एक प्ले अफमा पुग्ने निश्चित छ । हैदराबादको नतिजा पछि मात्रै प्ले अफ समिकरण पूरा हुने छ ।

मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । मुम्बई शीर्षस्थानमा रहँदै क्वालिफायर खेल्ने पनि निश्चित बनेको छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १४ खेलमा ७ मा हार र ६ मा जित सहित १४ अंकका साथ चौथो स्थानमा छ । हैदराबाद १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ पाँचौ स्थानमा छ ।

किंग्स इलेभेन पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा रहँदै बाहिरिएको छ । चेन्नई १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ सातौं स्थानमा रहेर बाहिरिएको छ । राजस्थान १४ खेलमा ६ मा जित र ८ मा हार बेहोर्दै १२ अंकका साथ पुछारमा रहेर बाहिरिएको छ ।

प्ले अफमा चार टोलीको सम्भावना यस प्रकार छ ।

दिल्ली क्यापिटल्स

दिल्ली सोमबार बेंगलोरसँगको खेलमा विजयी भए सोझै क्वालिफायरमा पुग्ने छ । दिल्ली पछिल्ला चार खेलमा लगातार पराजित भएको छ । उपाधिको दाबेदार मानिएको दिल्ली लिग चरणबाटै बाहिरिने खतरा पनि त्यतिनै बढेको छ । दिल्ली बेंगलोरसँग पराजित भए हैदराबादसँगको नतिजामा निर्भर रहनुपर्ने हुन्छ ।

हैदराबाद मंगलबार मुम्बईसँग खेल्ने छ । उक्त खेलमा हैदराबाद पराजित भए दिल्ली प्ले अफमा पुग्ने छ । तर हैदराबाद विजयी हुँदा दिल्ली पराजित भएमा नेट रनरेटमा निर्भर रहने छ । दिल्ली सामान्य अन्तरले हार्दा पनि प्ले अफमा पुग्न सक्छ । दिल्लीको नेट रनरेट माइनस ०.१५९ रहँदा कोलकाताको माइनस ०.२१४ छ । हैदराबादको नेट रनरेट प्लस ५५५ छ ।

रोयल च्यालेन्जर्स बेंगलोर

बेंगलोर र दिल्लीको समिकरण एउटै छ । सोमबार बेंगलोरले दिल्लीलाई पराजित गरे सोझै क्वालिफायर पुग्ने छ । तर पराजित भएमा भने हैदराबादसँगको नतिजा पर्खनु पर्ने हुन्छ । हैदराबाद विजयी हुँदा बेंगलोर पराजित भएमा नेटरनरेटले निर्धारण गर्ने छ । हैदराबाद पराजित भएमा बेंगलोर हारका बाबजुद पनि प्ले अफमा पुग्नेछ । बेंगलोरको नेटरनेट माइनस ०.१४५ छ ।

कोलकाता नाइट राइडर्स

कोलकाताले लिग चरणका सबै खेल खेल्दा १४ अंकका साथ चौथो स्थानमा छ । चौथो स्थानमा रहँदै प्ले अफमा पुग्न बेंगलोर र दिल्ली मध्यको खेलमा विजेताको अन्तर ठूलो हुनुपर्छ । यी दुई टोलीबीचको जितको अन्तर सामान्य रहँदा भने कोलकाता बाहिरिन सक्छ । अर्कोतर्फ हैदराबाद मुम्बईसँग पराजित भएमा भने सोझै प्ले अफमा पुग्नेछ । कोलकाताको नेटरनरेट माइनस ०.२१४ छ ।

सनराइजर्स हैदराबाद

हैदराबादलाई प्ले अफमा स्थान बनाउन मुम्बईलाई हराउनै पर्ने हुन्छ । कोलकाता, दिल्ली र बेंगलोर भन्दा हैदराबादको नेटरन रेट बलियो छ । तर पराजित हुँदा भने सोझै बाहिरिनेछ ।

यो पनि : प्ले अफको निर्णयक खेलमा बेंगलोर र दिल्ली भिड्दै

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.