default_image

5 years ago

November 2, 2020

दिल्लीसँग हारेपनि बेंगलोर प्लेअफमा

183 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा हारको बाबजुद पनि प्ले अफमा स्थान बनाएको छ ।

सोमबार राती आफ्नो लिग चरणको अन्तिम खेलमा बेंगलोर दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएपनि कोलकाताको भन्दा नेट रनरेट राम्रो हुँदा अन्तिम चारमा रहेर प्ले अफ खेल्ने निश्चित बनेको हो । अन्तिम खेलको नतिजा पर्खनु परेन । बेंगलोर दिल्लीसँग पराजित हुँदा सोझै क्वालिफायरमा स्थान बनाउन भने चुकेको छ ।

बेंगलोरको १४ खेलमा समान ७ मा जित र हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । समान १४ खेलमा ७–७ मा जित र हार सहित कोलकाता नाइट राइडर्सको १४ अंक भएपनि नेट रनरेटको आधारमा चौथो स्थानमा छ । बेंगलोरको नेट रनरेट – ०.१७२ रहँदा कोलकाताको –०.२१४ छ ।

मंगलबार आइपिएलको लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबाद शीर्षस्थानको मुम्बई इन्डियन्स भिड्दै छन् । हैदराबाद विजयी भएमा नेट रनरेटको आधारमा प्ले अफमा पुग्दा कोलकाता लिग चरणबाट बाहिरिने छ । हैदराबाद पराजित भएमा कोलकाता प्ले अफमा पुग्ने छ । हैदराबादको नेटरनरेट ०.५५५ छ ।

शीर्षस्थानमा रहेको मुम्बई र दोस्रो स्थानमा रहेका दिल्ली क्यापिटल्सबीच पहिलो क्वालिफायर बिहिबार (नोभेम्बर ५) खेल्ने छन् । चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली पहिलो पटक फाइनलमा प्रवेश गर्दै इतिहास रच्न चाहन्छ । जसको विजेता सोझै फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने छन् ।

शुक्रबार (नोभेम्बर ६) हुने एलिमिनेटर खेलमा बेंगलोरसँग कोलकाता र हैदराबाद मध्य एक टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ । उक्त खेल आइतबार(नोभेम्बर ८) हुने छ । फाइनल मंगलबार (नोभेम्बर१०) हुने छ ।

यो पनि : बेंगलोरलाई हराउँदै दिल्ली क्वालिफायरमा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.