5 years ago
November 9, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई दोस्रो क्वालिफायरमा १७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो पटक फाइनलमा स्थान बनाएको छ ।

दिल्लीले मुम्बई इन्डियन्ससँग मंगलबार फाइनलमा उपाधिको दुबई इन्टनेशनल क्रिकेट स्टेडियममा खेल्ने छ । जितका लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो । दिल्लीको जितमा कागिसो रबाडा र मार्कस स्टोइनिसले बलिङमा उच्च प्रर्दशन गरे ।
ब्याटिङमा ओपनर शिखर धवन र शिम्रन हेटमायरले राम्रो प्रर्दशन गरेका थिए । हैदराबादबाट बलिङमा कमजोर प्रर्दशन गरेपनि ब्याटिङमा केन विलियम्सन र अब्दुल सामदले राम्रो प्रर्दशन गर्दै जितको आशा अन्तिमसम्म राखेका थिए । दिल्लीको जितका पाँच क्षणहरु जसले जित हासिल गर्न आधार खडा गर्यो ।
५. दिल्लीले टस जितेर ब्याटिङ रोज्ने निर्णय

दिल्लीले यसअघि हैदराबादसँग लिग चरणमा दुवै खेलमा हारेको थियो । दुवै पटक दिल्ली लक्ष्य पछ्याउने क्रममा १५ रन र ८८ रनले पराजित हुन पुगेको थियो । अर्कोतर्फ लिग चरण र क्वालिफायरको खेलको दबाब फरक हुन्छ । लक्ष्य पछ्याउँदा दबाब झन बढी हुन्छ ।
दिल्लीले पहिला टस जितेर ब्याटिङ गर्दै बलियो योगफल बनायो । जुन आबूधाबीको पिचमा सुरक्षित मानिन्थ्यो । दिल्लीले लक्ष्य पछ्याउन परेको भए नतिजा अर्कै आउन सक्थ्यो । त्यसैले उक्त खेलमा दिल्लीले टस जितेर पहिला ब्याटिङ रोज्ने निर्णयलाई एक टर्निङ प्वाइन्टको रुपमा लिइएको छ ।
४. स्टोइनिसको जीवनदान

यस सिजनमा दिल्लीको ओपनर साझेदारी निकै कमजोर रहँदै आएको छ । त्यसैले नियमति ओपनर पृथ्वी शालाई बेन्चमा राख्दै तल्लोक्रमका अलराउन्डर मार्कस स्टोइनिसका साथ ओपनिङ गराएको थियो । तर हैदराबादले सुरुमै मौका गुमाएको थियो । मार्कस स्टोइनिसले व्यक्तिगत ३ रनमा जीवनदान पाएका थिए ।
सन्दीप शर्माको तेस्रो ओभरको तेस्रो बलमा स्टोइनिसको क्याच मिडअनमा जेसन होल्डरले छोड्न पुगेका थिए । उक्त समय दिल्लीले १२ रन जोडेको थियो । त्यसपछि यी दुई ओपनरले पहिलो विकेटका लागि ८.२ ओभरमा ८९ रन राम्रो सुरुवात दिलाए । यी दुई ओपनरको साझेदारी उक्त समयमा तोडिएको भए दिल्ली दबाबमा पर्ने थियो । दबाबमा रन जोड्न सहज हुँदैन । खराब सट खेल्दा थप विकेट हात पर्न सक्थ्यो ।
तर पहिलो विकेटका लागि ९ औं ओभरभित्र ८९ रनको साझेदारी भएपछि दिल्लीका ब्याट्सम्यानले जोखिम उठाउनु परेन । दिल्लीका ब्याट्सम्यानले सहजै रन जोड्न सफल भए । स्टोइनिस २७ बलमा ३८ रनमा आउट भए । स्टोइनिसले जीवनदान नपाएको भए नजिता अर्कै आउन सक्थ्यो ।
३. वार्नर सुरुमै बोल्ड हुनु

दिल्लीले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याउन हैदराबादका ओपनर तथा कप्तान डेभिड वार्नरलाई राम्रो इनिङ खेल्न आवश्यक थियो । तर कागिसो रबाडाले दोस्रो ओभरको पहिलो बलमै वार्नरलाई २ रनमा बोल्ड आउट गरे ।
वार्नरको विकेट सुरुमै लिनु दिल्लीको जितको एक टर्निङ प्वाइन्ट थियो । हैदराबादको ब्याटिङ वार्नरमाथि धेरै निर्भर रहँदै आएको थियो ।
२. १९ औं ओभरमा रबाडाको तीन विकेट

हैदराबादले अन्तिम समय सम्म जितको आशा कायमै राखेको थियो । अन्तिम दुई ओभरमा ३० रनको आवश्यक थियो । अब्दुल सामद र राशिद खान ठूला सट खेलिरहेका थिए । जसले गर्दा १९ औं ओभर दुवै टोलीलाई निर्णायक बन्ने पक्का थियो ।
कागिसो रबाडालाई सामदले मिड विकेटमा दोस्रो बलमा छक्का प्रहार गरेपछि जितको लागि १० बलमा २३ रन चाहिँदा खेल थप रोमान्चक बनेको थियो । तर रबाडाले तेस्रो बलमा सामद, चौथो बलमा राशिद खान र पाँचौ बलमा श्रीवात्स गोस्वामीलाई क्याच आउट गराएपछि दिल्लीको जित सहज बनेको थियो ।
पाँचौ बल गर्नेक्रममा वाइड फालेको हुँदा उनीको ह्याट्रिक भने हुन सकेन । तर दिल्लीको जितको आधार भने बन्न पुग्यो ।
१. विलियम्सनको विकेट

पाँचौ ओभरको चौथो बलमा स्टोइनिसले प्रियम गर्गलाई १८ रनमा बोल्ड आउट गरेपछि केन विलियम्सन चौथो नम्बरमा ब्याटिङ गर्न मैदान छिरेका थिए । त्यसपछि विलियम्सनले लगातार रन जोड्दै हैदराबादको जितको सम्भावना कायमै राखिरहे ।
पाँचौ विकेटका लागि विलियम्सन र अब्दुल सामदले ३१ बलमा ५७ रनको साझेदारी गरेपछि दिल्ली दबाबमा परेको थियो । हैदराबादलाई अन्तिम ४ ओभरमा ५१ रन आवश्यक थियो । विलियम्सन क्रिजमा हुँदा उक्त जितको सम्भावना हैदराबादको पनि बलियो देखिएको थियो । मार्कस स्टोइनिसको १७ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका विलियम्सन डीप कभरमा रबाडाबाट ६७ रनमा क्याच आउट भएपछि दिल्लीको जित सहज बनेको थियो ।
हैदराबादमा विलियम्सन पछि म्याच विनर र अनुभवी खेलाडी थिएनन् । विलियम्सनको विकेटलाई दिल्लीको जितमा सबैभन्दा ठूलो टनिङ प्वाइन्ट मानिन्छ । विलियम्सन अन्तिम सम्म क्रिजमा रहेको भए नतिजा हैदराबादको पक्षमा पनि जान सक्थ्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]