default_image

5 years ago

November 9, 2020

दिल्लीलाई फाइनलमा पुर्याएका चार नायक

129 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको छ ।

आइतबार राती सम्पन्न दोस्रो क्वालिफायरमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको हो । सन् २००८ देखि नियमित आइपिएलमा सहभागिता जनाउँदै आएपनि दिल्लीले यसअघि क्वालिफायर र सेमिफाइनल सम्म मात्रै स्थान बनाउन सकेको थियो ।

दिल्लीले उपाधिको लागि मंगलबार फाइनलमा मुम्बई इन्डियन्ससँग दुबई इन्टनेशनल क्रिकेट स्टेडियममा खेल्ने छ । जितका लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रनमा समेटिएको थियो ।

त्यसअघि टस जितेर शेख जायद स्टेडियम आबूधाबीमा पहिला ब्याटिङ रोजेको दिल्लीले ३ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । लिग चरणका दुबै खेलमा हैदराबादसँग पराजित भएको दिल्लीले दोस्रो क्वालिफायरमा जित हातपार्न ब्याटिङ र बलिङ दुबैमा सुधारिएको प्रर्दशन गरेको थियो ।

लक्ष्य पछ्याउने क्रममा हैदराबादका केन विलियम्सनले ४५ बलमा ६७ र अब्दुल सामदले १६ बलमा ३३ रन जोडेपनि जित दिलाउन सकेनन् । दिल्लीलाई ऐतिहासिक फाइनलमा पुर्याउन बल र ब्याट दुबैबाट उत्कृष्ट योगदान दिएका अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिस खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिए । हैदराबादलाई हराउँदै दिल्लीलाई ऐतिहासिक फाइनलमा पुर्याउन नायक बनेका दिल्लीका ४ खेलाडी र तिनीहरुको प्रर्दशन यस प्रकार रह्यो ।

४. शिम्रन हेटमायर

यसअघि दुई खेलमा बेन्चमा बसेका वेस्टइन्डिजका आक्रामक युवा ब्याट्सम्यान शिम्रन हेटमायरले दिल्लीलाई बलियो योगफलमा पुर्याउन तल्लोक्रममा राम्रो योगदान दिएका थिए । विकेटकिपर ऋषभ पन्त र अजिंक्या रहाणे भन्दा अगाडि ब्याटिङका लागि मैदान छिरेका हेटमायरले २२ बलमा ४ चौका र १ छक्का गरि ४२ रन जोड्दै दिल्लीलाई बलियो अवस्थामा पुर्याएका थिए । हेटमायरको आक्रामक इनिङको सहयोगमा दिल्लीले बलियो योगफल बनाउँन सफल भयो । जसले गर्दा बलरहरुलाई प्रर्दशन गर्न सहज पनि बनेको थियो ।

३. शिखर धवन

दिल्लीको जितमा ओपनर शिखर धवनको योगदान पनि महत्वपूर्ण रह्यो । यसअघि कमजोर सुरुवात गरि रहेको दिल्लीले ओपनिङ धवन र मार्कस स्टोइनिसका साथ गराएको थियो । यी दुई ओपनरले ८.२ ओभरमा ८९ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । धवन १९ औं ओभर सम्म टिक्दै दिल्लीलाई सुरक्षित योगफलमा पुर्याएका थिए ।

धवनले ५० बलमा २ छक्का र ६ चौका सहित ७८ रनको महत्वपूर्ण योगदान दिए । धवन क्रिजमा रहँदा हेटमायरलाई आक्रामक ब्याटिङ गर्न पनि बिना दबाब सहज बनेको थियो । धवनले उक्त इनिङ नखेलेको भए सायद दिल्लीको पहिलो पटक फाइनलमा पुग्ने सपना अधुरै बन्न सक्थ्यो ।

२. कागिसो रबाडा

प्रमुख हतियार तीव्र गतिका बलर कागिसो रबाडाले दिल्लीलाई फाइनलमा पुर्याउन बलिङमा उत्कृष्ट योगदान दिए । उनले दोस्रो ओभरको पहिलो बलमै हैदराबादका प्रमुख ब्याट्सम्यान डेभिड वार्नरलाई २ रनमा बोल्ड आउट गर्दै दबाब कायम गरेका थिए । दिल्लीलाई वार्नरको विकेट निकै महत्वपूर्ण थियो । हैदराबाद वार्नरको ब्याटिङमा धेरै निर्भर थियो ।

वार्नर आउट भएपनि केन विलियम्सन र अब्दुल सामदले उच्च प्रर्दशन गर्दै अन्त्यमा हैदराबादले जितको आशा देखाएका थिए । हैदराबादलाई अन्तिम १२ बलमा ३० रन जितको लागि आवश्यक थियो । तर रबाडाले १९ औं ओभरमा तीन विकेट लिदै ८ रन खर्चेपछि दिल्लीको जित सहज बनेको थियो । समग्रमा रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए ।

१. मार्कस स्टोइनिस

दिल्लीलाई फाइनलमा पुर्याउन मार्कस स्टोइनिसले ब्याट र बल दुबैमा उच्च प्रर्दशन गरे । सुरुवातमा धवनसँग उत्कृष्ट साझेदारी गर्नेक्रममा स्टोइनिसले २७ बलमा ३८ रन जोडेका थिए । बलिङतर्फ स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर प्रमुख तीन विकेट लिए । एक समय विलियम्सनले हैदराबादको जितको सम्भावना देखाउँदै दिल्लीलाई दबाबमा राखेका थिए ।

तर स्टोइनसिले १७ औं ओभरमा विलियम्सनलाई रबाडाबाट क्याच गराएपछि दिल्लीको जित पक्का बनेको थियो । स्टोइनिसनै खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिए र उनीनै उक्त अवार्डको प्रमुख हकदार थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.