default_image

5 years ago

November 9, 2020

आइपिएलमा सस्तो प्रदर्शन गरेका १० महँगा खेलाडी

192 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक लोकप्रिय फेन्चाइज लिग हो । आइपिएलमा खेलाडीले नाम र दाम राम्रो कमाउँछन् । अक्सनमा कुनैपनि टोलीले आफ्नो आवश्यकता अनुसार खेलाडीलाई टोलीमा अनुबन्ध गर्ने गर्छन् ।

आफूलाई आवश्यक खेलाडी अर्को टोलीलाई पनि छ भने अक्सनमा महँगो मूल्य खर्चिनु पर्ने हुन्छ । एक टोलीलाई आवश्यक खेलाडी अन्यलाई छैन भने स्टार खेलाडी पनि सस्तैमा अनुबन्ध हुनुपर्ने हुन्छ । आइपिएलको अक्सन बजारमा करोडको मूल्यमा खेलाडी टोलीमा भित्र्याउन प्रतिस्पर्धा हुने गर्दछ ।

पैसा भन्दा पनि टोलीलाई खेलाडी आवश्यक हुँदा करोडौं मूल्य खर्चिन पछि पर्दैनन् । केहि खेलाडीले मूल्य अनुसार प्रर्दशन गर्छन् भने कोहीले अपेक्षा विपरित प्रर्दशन गदछन् । अक्सनमा आन्तरिक प्रतिस्पर्धा बढि हुँदा क्षमता भन्दापनि बढी मूल्य पाउन सक्छन् । आफ्नो समस्या समधानको लागि लिएको खेलाडीले अपेक्षा अनुसार प्रर्दशन गर्न सकेन भने कुनैपनि टोलीले राम्रो प्रर्दशन गर्न सक्दैन ।

आइपिएल २०२० का १० महँगा फ्लप खेलाडी र तिनिहरुको प्रर्दशन यस प्रकार छ ।

१. सुनिल नारायण (कोलकाता)

कोलकाता नाइट राइडर्सका अलराउन्डर सुनिल नारायणको प्रर्दशन यस सिजनमा कमजोर रह्यो । टोलीका महत्वपूर्ण सदस्य नारायणको यो सिजनमा ब्याट र बल दुवै चल्न सकेन । सन् २०१८ र २०१२ का आइपिएलका मोष्ट भ्यालुबल खेलाडी अवार्ड पाएका नारायणले बलिङमा आइपिएल करिअरकै खराब प्रर्दशन गरे । उनले १० खेलमा ५ विकेट मात्रै लिन सके ।

नारायणले ब्याटिङतर्फ कुल १ सय २१ रन बनाए । जसमा उत्कृष्ट ६४ रन पनि सामेल छ । कोलकाताले नारायणलाई १२ करोड ५० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । नारायणले ६ खेलमा दोहोरो अंकमा रन जोड्न सकेनन् । दिल्ली क्यापिटल्सविरुद्ध उनले आबूधाबीमा ६४ रनको इनिङ खेलेका थिए । उनले ६ खेलमा विकेटबिहिन बनेका थिए ।

२. ग्लेन म्याक्सवेल (पन्जाब)

पन्जाब यस सिजनमा लिग चरणबाटै बाहिरिनुमा अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको खराब प्रर्दशन पनि एक कारण रह्यो । तल्लोक्रम ब्याटिङ समस्या समधानकै लागि भनेर म्याक्सवेललाई पन्जाबले अक्सनमा १० करोड ७५ लाख रुपैयाँ भारतीय रुपैयाँ खर्चेको थियो ।

तर म्याक्सवेलले १३ खेलमा १ सय ८ रन मात्रै बनाए । जसमा ३२ रन उच्च रह्यो । उनले कुनैपनि छक्का प्रहार गर्न सकेनन् । कुल ९ चौका मात्रै प्रहार गरेका थिए ।

३. शेल्डन कटरेल (पन्जाब)

वेस्टइन्डिजका तीव्र गतिका बलर शेल्डन कटरेलको प्रर्दशन पनि खराब रह्यो । कमजोर तीव्र गतिको बलिङ युनिट बलियो बनाउन पन्जाबले कटरेलमाथि अक्सनमा ८ करोड ५० लाख भारतीय रुपैयाँ खर्चेको थियो । तर उनले ६ खेलमा ६ विकेट लिए । इकोनमी ८.८० को रह्यो ।

कटरेलको खराब प्रर्दशनमा आधा भन्दा बढी खेलमा पन्जाबले बेन्चमा राखेको थियो । कटरेलले राम्रो प्रर्दशन गर्न सकेको भए पन्जाबले प्ले अफमा स्थान बनाउन सहज हुन सक्थ्यो ।

४. आन्द्रे रसेल (कोलकाता)

कोलकाता तथा वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेलको प्रर्दशन यो वर्ष खराब रह्यो । गत वर्षका मष्ट भ्यालुबल खेलाडी अवार्ड पाएका रसेलले १० खेलमा ६ विकेट लिदा कुल १ सय १७ रन मात्रै बनाउन सके । जसमा उत्कृष्ट २५ रन रह्यो । कोलकातामा रसेलको मूल्य ८ करोड ५० लाख भारतीय रुपैयाँ छ ।

५. क्रुनाल पान्ड्या (मुम्बई)

स्पिन अलराउन्डर कु्रनाल पान्ड्याको प्रर्दशन यस सिजनमा राम्रो हुन सकेन । मुम्बई इन्डियन्सले उच्च प्रर्दशन गरि रहँदा क्रुनालले १५ खेलमा १ सय ८ रन बनाएका छन् भने ६ विकेट मात्रै लिन सके । प्रमुख स्पिनरको रुपमा रहेपनि उनले लगातार कमजोर प्रर्दशन गर्दै आएका छन् ।

क्रुनालले कमजोर प्रर्दशन गरेपनि अन्य खेलाडीले उच्च प्रर्दशन गर्दै जित हात पारि रहेको हुँदा आलोचित हुनु परेको छैन । क्रुनालको मुम्बईमा पारिश्रमिक एक सिजनको ८ करोड ८० लाख भारतीय रुपैयाँ छ ।

६. नाथन कुल्टर नाइल (मुम्बई)

अष्ट्रेलियाका अलराउन्डर नाथन कुल्टर नाइलमाथि गत अक्सनमा मुम्बईले ८ करोड भारतीय रुपैयाँ खर्चेको थियो । तर नाइलको प्रर्दशन भने कमजोर छ । उनले ६ खेलमा ३ विकेट लिएका छन् । सुरुवाती समय चोटका कारण बेन्चमा रहेपनि मुम्बईले नाइललाई पछिल्लो खेलमा पहिलो रोजाईमा मैदान उतार्दै आएको छ । ब्याटिङतर्फ २५ रन मात्रै बनाउन सकेका छन् ।

७. दीनेश कार्तिक (कोलकाता)

कोलकाताका विकेटकिपर समेत रहेका दीनेश कार्तिकको प्रर्दशन पनि यस सिजनमा खराब रह्यो । ब्याटिङ राम्रो बनाउन कप्तानी ओईन मोर्गनलाई दिएका कार्तिकले १४ खेलमा १ सय ६९ रन बनाए । औसत १४.८ रहँदा उत्कृष्ट ५८ रह्यो । कोलकाताले कार्तिकलाई एक सिजनको पारिश्रमिक ७ करोड ४० लाख भारतीय रुपैयाँ दिने गर्दछ । कोलकाताको प्रमुख ब्याट्सम्यानको रुपमा खेलेपनि प्रर्दशन भने खराब रह्यो ।

८. केदार जाधव (चेन्नई सुपर किंग्स)

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीको पहिलो रोजाईमा परेपनि जाधवले प्रर्दशन खराब गरे । ७ करोड ८० लाख पारिश्रमिक पाउने जाधवको प्रर्दशन भने ८ खेलमा ६२ रन मात्रै बनाउन सके । उनको स्ट्राइकरेट जम्मा ९३ को रह्यो । आगमी सिजनमा जाधवलाई चेन्नईले टोलीबाट फकुवा गर्ने सम्भावना उच्च देखिन्छ ।

९. पियुष चावला (चेन्नई)

चेन्नईका स्पिनर पियुष चावलाको प्रर्दशन पनि खराब रह्यो । उनले ७ खेलमा ६ विकेट लिदा इकोनमी ९ भन्दा माथि रह्यो । चेन्नईले चवलालाई अक्सनमा ६ करोड ७५ लाख भारतीय रुपैयाँ खर्चेको थियो । तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने क्षमता भएपनि उनले चेन्नईलाई कुनै खेलमा त्यसअनुसार सहयोग गर्न सकेनन् ।

१०. शिवम् दुबे (बेंगलोर)

बेंगलोरले अक्सनमा दुबेलाई ५ करोड भारतीय रुपैयाँ खर्चेको थियो । दुबे जारी सिजनमा बेंगलोरबाट ११ खेलमा ४ विकेट लिए । ब्याटिङतर्फ १ सय २९ रन मात्रै बनाउन सके । औसत १८ को रहँदा उच्च प्रर्दशन २७ रन रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.