default_image

5 years ago

November 10, 2020

मुम्बईलाई उपाधि जित्न दिल्लीको मध्यम लक्ष्य

153 views

0 Bookmark

एजेन्सी – कप्तान श्रेयस ऐर र विकेटकिपर ऋषभ पन्तको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । खराब सुरुवात गरेको दिल्लीलाई कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहँदै मध्यम योगफलमा पुर्याएका हुन् ।

विकेटकिपर ऋषभ पन्त ३८ बलमा ४ चौका र २ छक्का सहित ५६ रनको महत्वपूर्ण योगदान दिए । एक समय ३.३ ओभरमा २२-३ को अवस्थामा रहेको दिल्लीलाई चौथो विकेटका लागि पन्त र ऐरले ६९ बलमा ९६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई कठिन अवस्थाबाट प्रतिस्पर्धात्मक योगफलको आधार तय गरेका थिए ।

दिल्लीको सुरुवात भने खराब रह्यो । पहिलो बलमै ओपनर मार्कस स्टोइनिसलाई गुमाएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा स्टोइनिस इनसाइड एज लाग्दै विकेटकिपर क्विन्टन डी ककबाट समातिन पुगेपछि गोल्डेन डग आउट पेभिलिएन फर्किनु परेको थियो । बोल्टलेनै मुम्बईलाई दोस्रो सफलता दिलाए । तेस्रो ओभरको चौथो बलमा अजिक्या रहाने लेग साइडमा सट खेल्नेक्रममा एज लाग्दै २ रनमा डी ककबाट समातिन पुगेका थिए । जुन समय दिल्लीले १६ रन बनाएको थियो ।

चौथो ओभरको तेस्रो बलमा स्पिनर जयन्त यादवले अर्का ओनपर शिखर धवनलाई १५ रनमा बोल्ड आउट गरे । धवनले १३ बलमा ३ चौका प्रहार गरे । धवन आउट हुँदा दिल्ली २२–३ को कमजोर अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि पन्त र ऐरले उत्कृष्ट साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।

१५ औं ओभरको अन्तिम बलमा नाथन कुल्टर नाइलले पन्तलाई हार्दिक पान्ड्याबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । बोल्टको १८ औं ओभरको दोस्रो बलमा हेटमायर नाथन कुल्टर नाइलबाट ५ रनमा क्याच आउट हुन पुगे । अक्षर पटेल ९ रनमा क्याच आउट भए ।

मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । जयन्त यादवले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २८ रन खर्चिदा विकेट भने लिन सकेनन् । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.