default_image

5 years ago

November 10, 2020

मुम्बईलाई आइपिएल उपाधि

239 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

दिल्लीले प्रस्तुत गरेको १ सय ५७ रनको विजयी लक्ष्य मुम्बईले १९ औं ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै आइपिएलको पाँचौ उपाधि जित्न सफल भएको हो । पाँचै उपाधि मुम्बईले रोहित शर्माको कप्तानीमा जितेको हो । मुम्बई उपाधि रक्षा गर्ने चेन्नईपछि पहिलो टोली बन्यो ।

मुम्बईलाई सहज जित दिलाउन कप्तान रोहित शर्मा ५१ बलमा ५ चौका र ४ छक्का सहित ६८ रनको योगदान दिए । उनी १७ औं ओभरमा नोर्कियाको बलमा ललित यादवको उत्कृष्ट क्याचसँगै पेभेलियन फर्केका थिए । युवा ब्याट्सम्यान ईशान किशन १९ बलमा ३ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । हार्दिक पान्ड्या ५ बलमा ३ रन जोड्दै जितका लागि १ रन बाँकी रहँदा क्याच आउट भए ।

मुम्बईलाई ओपनर रोहित र क्विन्टन डी ककले ४.१ ओभरमा ४५ रन जोड्दै राम्रो सुरुवात दिलाए । स्टोइनिसले आफ्नो पहिलो बलमै डी ककलाई ऋषभ पन्तबाट २० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । डी ककले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि रोहित र सूर्यकुमार यादवले ४५ रनको साझेदारी गरेका थिए । ११ औं ओभरको पाँचौ बलमा कप्तान रोहितले तालमेल गर्न नक्दा सूर्य १९ रनमा रन आउट हुन पुगे । सूर्यले २० बलमा १ चौका र १ छक्का प्रहार गरे । काइरान पोलार्ड ४ बलमा २ चौकासहित ९ रन जोड्दै कागीसो रबाडाको बलमा बोल्ड भए । दिल्लीका एन्रीच नोर्कियाले २ तथा मार्कस स्टोइनिस र कागीसो राबाडा १-१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहेपनि उपाधिको लागि पर्याप्त रहेन।

विकेटकिपर ऋषभ पन्त ३८ बलमा ४ चौका र २ छक्का सहित ५६ रनको महत्वपूर्ण योगदान दिएका थिए । एक समय ३.३ ओभरमा २२(३ को अवस्थामा रहेको दिल्लीलाई चौथो विकेटका लागि पन्त र ऐरले ६९ बलमा ९६ रनको साझेदारी गरेका थिए ।

दिल्लीको सुरुवात भने खराब रह्यो । पहिलो बलमै ओपनर मार्कस स्टोइनिसलाई गुमाएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा स्टोइनिस इनसाइड एज लाग्दै विकेटकिपर क्विन्टन डी ककबाट समातिन पुगेपछि गोल्डेन डग आउट पेभिलिएन फर्किनु परेको थियो । बोल्टलेनै मुम्बईलाई दोस्रो सफलता दिलाए । तेस्रो ओभरको चौथो बलमा अजिक्या रहाने लेग साइडमा सट खेल्नेक्रममा एज लाग्दै २ रनमा डी ककबाट समातिन पुगेका थिए । जुन समय दिल्लीले १६ रन बनाएको थियो ।

चौथो ओभरको तेस्रो बलमा स्पिनर जयन्त यादवले अर्का ओनपर शिखर धवनलाई १५ रनमा बोल्ड आउट गरे । धवनले १३ बलमा ३ चौका प्रहार गरे । धवन आउट हुँदा दिल्ली २२–३ को कमजोर अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि पन्त र ऐरले उत्कृष्ट साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।

१५ औं ओभरको अन्तिम बलमा नाथन कुल्टर नाइलले पन्तलाई हार्दिक पान्ड्याबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । बोल्टको १८ औं ओभरको दोस्रो बलमा हेटमायर नाथन कुल्टर नाइलबाट ५ रनमा क्याच आउट हुन पुगे । अक्षर पटेल ९ रनमा क्याच आउट भए ।

मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । जयन्त यादवले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २८ रन खर्चिदा विकेट भने लिन सकेनन् । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.