default_image

5 years ago

November 11, 2020

आइपिएलमा खेल्नै नपाएका विदेशी खेलाडीहरु

200 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक आइपिएलको उपाधि जित्न सफल भयो ।

कोरोना महामारी पछि सुरु भएको विश्व क्रिकेटकै सर्वाधिक ठूलो प्रतियोगिता आइपिएल थुप्रै बाधा अबरोध पार गर्दै सफल रुपमा सम्पन्न भएको छ । अधिकाम्स खेलाडीले आइपिएलमार्फत मैदानमा पूनरागमन गरे । इतिहासमा पहिलो पटक समर्थक विना आइपिएल हुन पुग्यो ।

आइपिएलमा सबै खेलाडी खेल खेलेर उच्च प्रर्दशन गर्न चाहन्छन् । तर चार मात्रै विदेशी खेलाडी खेल्न पाउने हुँदा टोलीको आवश्यता र सन्तुलनमा ध्यान दिनुपर्ने हुँदा बेन्चमा बस्नुपर्ने हुन्छ । चार मात्र विदेशी खेलाडी खेलाउन पाउने हुँदा केहि चर्चित खेलाडी प्रतियोगिता अवधिभर एक खेल पनि नखेली फर्किनु पर्यो ।

केहि नियमित खेल्ने अपेक्षा गरिएका खेलाडीनै कुनै खेल खेल्न पाएनन् । २०२० को आइपिएलमा १२ विदेशी खेलाडीले कुनैपनि खेल खेल्ने मौका पाएनन् । जसमा चार वेस्टइन्डिजका खेलाडी छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने मात्र होईन आइपिएल २०२० मा कुनै पनि खेल खेल्ने मौका नपाएका १२ विदेशी खेलाडी यस प्रकार छन् ।

१. सन्दीप लामिछाने (दिल्ली)

दिल्ली क्यापिटलसले नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई कुनै पनि खेलमा मौका दिएन । लिग चरणका कुल १४, प्ले अफमा दुई र फाइनल गरि दिल्लीले १७ खेल एकै सिजनमा खेल्यो । तर सन्दीपले मौका पाउने आशामा पुरै सिजन बेन्चमा बिताए ।

दिल्लीले आफ्नो चार विदेशी खेलाडीमा तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्किया, शिम्रन हेटमायर र मार्कस स्टोइनिसलाई निरन्दर खेलाई रह्यो । दिल्लीले एलेक्स केरी र ड्यानियल साम्सलाई तीन तीन खेलमा मौका दिएको थियो । जसमा शिम्रन हेटमायरलाई बेन्चमा राखेर मौका दिएको थियो । अन्य सबै खेलमा एउटै चार विदेशीका खेलाडी खेलाई रह्यो ।

सन्दीप बेन्चमा बस्नुको मुख्य कारण चाहिँ भारतीय तीव्र गतिको बलिङ कमजोर रहनु थियो । जसको कारण नोर्कियालाई रबाडाको जोडीको रुपमा निरन्तर खेलाई रह्यो । दिल्लीले प्ले अफमा अन्तिम खेलमा स्थान पक्का गर्दाअन्य खेलाडीलाई बिश्राम दिएर मौका दिन पाएन ।

२. किमो पल (दिल्ली)

दिल्लीले वेस्टइन्डिजका अलराउन्डर किमो पललाई पनि यस सिजनमा पूरै बेन्चमा राख्यो । कुनैपनि खेलमा मौका दिएन । अलराउन्डरको रुपमा मार्कस स्टोइनिस पूरै खेल खेल्दै निरन्तर उच्च प्रर्दशन गर्दा पलले कुनैपनि खेलमा मौका पाउन सकेनन् । ५० लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका पल दिल्लीको रोजाईमा पर्न सकेनन् । मध्य गतिमा बलिङ गर्ने पलले तल्लोक्रममा आक्रामक सटको क्षमता राख्ने गर्दछन् ।

३. हार्डस विलोइन (पन्जाब)

दक्षिण अफ्रिकी तीव्र गतिका बलर हार्डसलाई किंग्स इलेभेन पन्जाबले पुरै सिजन बेन्चमा राख्यो । पन्जाबको तीव्र गति बलिङ कमजोर रहेपनि उनले मौका पाउन सकेनन् । पन्जाबले तीव्र गतिमा शेल्डन कटरेल र क्रिस जोर्डनलाई खेलाउँदा जेम्श निशमलाई अलराउन्डरको रुपमा खेलाएको थियो ।

यी तीन खेलाडी मध्य एकले मौका पाएका थिए । ग्लेन म्याक्सवेल र निकोलस पूरन पहिलो रोजाईमा खेले । बलिङमा टोली आवश्यक परेपनि पन्जाबले हार्डसलाई कुनैपनि खेलमा मौका दिएन ।

४. अली खान (कोलकाता)

अमेरिका तीव्र गतिका बलर अली खान पहिलो पटक आइपिएलमा अनुबन्ध भएका थिए । अमेरिकाबाट आइपिएलमा अनुबन्ध हुने पहिलो खेलाडी बनेपनि उनी बेन्चमा बस्नु पर्यो । अली खानलाई कोलकाताले ह्यारी गर्नीको स्थानमा मौका दिएको थियो । तर सुरुवाती समय पुरै बेन्चमा बसेका उनी पछि भने चोटका कारण प्रतियोगितानै गुमाउन पुगे ।

कोलकातामा विदेशी खेलाडीमा उच्च प्रतिस्पर्धा थियो । विश्वस्तरिय खेलाडी ओईन मोर्गन, आन्द्रे रसेल, सुनिल नारायण, प्याट कमिन्स र लोकी फर्गुसन जस्ता खेलाडी हुँदा उनले मौका पाउन सकेनन् । टेष्टका नम्बर वान प्याट कमिन्स र विश्वस्टार लोकी फर्गुसन जस्ता तीव्र गतिका बलर हुँदा खानले मौका पाउन सकेनन् ।

५. टिम सिफर्ट (कोलकाता)

न्युजिल्यान्डका आक्रामक विकेटकिपर ब्याट्सम्यान) टिम सिफर्ट पनि चार विदेशी खेलाडीको रुपमा मौका नपाउने क्रिकेटर हुन् । कोलकातामा घाइते अली खानको स्थानमा आएका सिफर्टले कुनैपनि खेलमा मौका पाउन सकेनन् ।

चार विदेशी खेलाडीमा कोलकाताले मोर्गन, रसेल, कमिन्स र लोकी फर्गुसनलाई खेलाउँदा उनी रोजाईमा परेनन् । विकेटकिपरमा दीनेश कार्तिक हुँदा कोलकाताले उनलाई कुनैपनि खेलमा मौका दिएन ।

६. क्रिस लिन (मुम्बई)

मुम्बईले पाँचौ उपाधि जित्दा अष्ट्रेलिया ओपनर ब्याट्सम्यान क्रिस लिन पुरै सिजनमा डग आउटमै बसेर ताली बजाउनु पर्यो । मुम्बईले ओपनरमा सुरुवात देखिनै दक्षिण अफ्रिकी क्विन्टन डी ककलाई खेलाएका थियो । डी ककले उत्कृष्ट प्रर्दशन गरेपछि उनको विकल्प खोज्न परेन । चार विदेशी खेलाडीमा मुम्बईले डी कक, ट्रेन्ट बोल्ट, काइरन पोलार्ड, जेम्श प्याटिनसन र नाथन कुल्टर नाइललाई खेलाएको थियो ।

सन् २०१९ मा कोलकाताबाट उच्च प्रर्दशन गरेका लिन पछिल्लो समय राम्रो लयमा पनि थिए । उनलाई यसै अक्सनमा मुम्बईले २ करोड भारतीय रुपैेयाँमा किनेको थियो । तर कुनैपनि खेलमा मौका दिएन । डी कक उत्कृष्ट लयमा हुँदा उनले टोलीमा स्थान बनाउन सकेनन् । मुम्बई प्ले अफमा तीन खेल अगावै पुगेपनि लिनलाई मौका भने दिएन । ओपनर बाहेक अन्य ठाउँमा भने उनको स्थान थिएन ।

७. शेर्फान रदरफोर्ड (मुम्बई )

वेस्टइन्डिजका युवा अलराउन्डर शेर्फान रदरफोर्ड पनि बेन्चमा तालि बजाएरै च्याम्पियन बनेका छन् । मुम्बईमा अलराउन्डरको रुपमा वेस्टइन्डिजकै काइरन पोलार्ड पहिलो रोजाईमा खेले । पोलार्ड टोलीमा हुँदा रदरफोर्डलाई मुम्बईले कुनैपनि खेलमा मौका दिएन । रदरफोर्ड यसै सिजन दिल्लीबाट खेलाडी साटफेर मार्फत मुम्बई पुगेका थिए ।

८. मिचेल म्याक्लेनाघन (मुम्बई)

न्युजिल्यान्डका तीव्र गतिका बलर मिचेल म्याक्लेनाघन पनि मुम्बईमा बेन्चमै बसेका छन् । उनले कुनै पनि खेलमा मौका पाउन सकेनन् । मुम्बईले तीव्र गतिमा ट्रेन्ट बोल्टलाई नियमित खेलायो । नाथन कुल्टर नाइल र जेम्स पाटिनसन मध्य एकलाई निरन्तर मौका दियो । बोल्टले लगातार उच्च प्रर्दशन गरेपछि म्याक्लेनाघन पुरै खेलमा बेन्चमा बस्नु पर्यो ।

९. ओशेन थोमस (राजस्थान)

वेस्टइन्डिजका तीव्र गतिका बलर ओशने थोमस आइपिएलमा डेब्यू गर्दै उच्च प्रर्दशन गर्ने सोचका साथ यूएई पुगेका थिए । तर राजस्थानमा विश्वका उच्च स्तरिय खेलाडीको बाहुल्यता हुँदा कुनैपनि खेलमा मौका पाउन सकेनन् । कप्तान स्टिभ स्मिथ, जस बटलर, जोफा्र आर्चर र बेन स्टोक्स चार विदेशी खेलाडीमा खेलि रहे ।

सुरुवाती समय स्टोक्स टोलीमा नहुँदा टम करनले मौका पाएका थिए । प्रमुख बलर जोफा्र आर्चरको छाँयामा थोमस पर्न पुगे । आर्चरलाई बेन्चमा राखेर थोमसलाई खेलाउन पहिलानै प्ले अफमा पुग्नु पथ्यो । जहाँ आर्चरलाई बिश्राम राखेर मौका दिन सकिन्थ्यो । तर संघर्ष गर्दागर्दै राजस्थान लिग चरणबाट बाहिरिएको थियो ।

१०. फबिएन एलेन (हैदराबाद)

स्पिन अलराउन्डर फबिएन एलेन पनि हैदराबादमा कुनै पनि खेलमा मौका पाउन सकेनन् । हैदराबादमा पनि चार विदेशी खेलाडीमा डेभिड वार्नर, राशिद खान, केन विलियम्सन र जेसन होल्डरले खेल्दै उच्च प्रर्दशन गरे । स्पिनरमा राशिद खान हुँदा फबिएनले कुनैपनि खेलमा मौका पाउन सकेनन् । हैदराबादले अन्तिम खेलको नतिजाले प्ले अफमा स्थान बनाएको थियो । जसले गर्दा आफ्नो उत्कृष्ट चार खेलाडीलाई निरन्तर मैदान उतार्यो । जसमा फबिएन एलेनले मौका पाउन सकेनन् ।

११ .बिली स्टानलेक (हैदराबाद)

अष्ट्रेलिया तीव्र गतिका बलर बिली स्टानलेक पनि हैदराबादको पुरै खेलमा बेन्चमा बसेर फर्किए । हैदराबादको ब्याटिङ कमजोर रहँदा तेस्रो विदेशी खेलाडी अलराउन्डरको रुपमा होल्डरलाई खेलायो । वार्नर, विलिम्सन र राशिदको भने अर्को विकल्प थिएन । अर्कोतर्फ हैदराबादमा भारतीय तीव्र गतिका बलरको बाहुल्यता थियो । टि नटराजन, भुवनेश्वर कुमार सन्दीप शर्मा, सिदार्थ कौल, खलिल अहमद लगायतक तीव्र गतिका बलर हुँदा बिली रोजाईमा थिएनन् ।

खेलेर पनि खेल्न नपाएका डेविड मिलर (राजस्थान)

दक्षिण अफ्रिकी डेविड मिलरले राजस्थानबाट एकमात्र खेल खेल्ने मौका पाएका थिए । दुर्भाग्य पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध शारजाहमा खेलेपनि उनी कुनै बल नेखेल्दै नन स्ट्राइकरमा रन आउट हुन पुगेका थिए ।

उक्त खेलपछि भने उनले राजस्थानमा मौका पाउन सकेनन् । स्टोक्स नहुँदा टम करन खेले । बटलर, स्मिथ र आर्चर पहलो रोजाईमा खेलेका थिए । आक्रामक ब्याटिङका लागि परिचित मिलरलाई राजस्थानले कुनैपनि खेलमा मौका दिएन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.