5 years ago
November 11, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित हुँदै उपाधि जित्न असफल भयो ।

पहिलो पटक फाइनलमा पुगेको दिल्ली मुम्बईसँग यस सिजनको चारै खेलमा पराजित हुन पुग्यो । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो । उक्त लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
टस दिल्लीको पक्षमा गएपनि उपाधि मुम्बईले जित्यो । मुम्बईले पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईसँग दिल्ली फाइनलमा पनि कमजोर देखियो । दिल्लीले फाइनलमा मुम्बईसँग हार्नुका तीन कारण यस प्रकार छन् ।
ब्याटिङमा खराब सुरुवात

टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीलाई विशाल योगफल बनाउन उत्कृष्ट सुरुवातको आवश्यक पर्दथ्यो । कप्तान श्रेयस ऐर पनि उत्कृष्ट सुरुवातका साथ विशाल योगफल बनाउने रणनीतिका साथ पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । मुम्बईको ब्याटिङमा गहिराई हुँदा मध्यम योगफल सुरक्षित पहिला देखिदैन थियो ।
अझ हार्दिक पान्ड्या र काइरन पोलार्ड जस्ता विश्व स्तरिय हार्डहिटर हुँदा उपाधिको लागि बलियो योगफल आवश्यक पर्दथियो । तर दिल्लीको सुरुवात खराब रह्यो । कमजोर ओपनिङ सुधारको लागि ल्याइएका अलराउन्डर मार्कस स्टोइनिस पहिलो बलमै आउट हुन पुगे । तेस्रो ओभरमा अजिंक्या रहाणे २ र चौथो ओभरमा शिखर धवन १५ रनमा आउट भएपछि दिल्ली ३.३ ओभरमा २२–३ को अवस्थामा पुगेको थियो ।
कुनैपनि टोलीले पावर प्लेको सुरुवाती चार ओभरमै आफ्नो प्रमुख तीन ब्याट्सम्यान गुमाउछ भने ठूलो योगफल कठिन पर्छ । शीर्षक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा तल्लोक्रमका ब्याट्सम्यान दबाबमा पर्दा खुलेर खेल्न सकेनन् । शीर्षक्रमका ब्याट्सम्यानले राम्रो सुरुवात दिलाएको भए दिल्लीले बलियो योगफल बनाउनुकौ साथै उपाधि जित्न सक्थ्यो ।
पावर प्लेमा उत्कृष्ट सुरुवात गर्न नसक्नु

मुम्बईलाई उक्त मध्यम योगफलमा रोक्न दिल्लीले पहिलो पावर प्लेमा उत्कृष्ट सुरुवात गर्न आवश्यक पर्दथियो । सुरुमै दुई तीन विकेट गुम्दा मम्बई दबाबमा पथ्र्यो र तल्लोक्रमका ब्याट्सम्यानलाई खेल्न कठिन हुन्थ्यो । तर कप्तान रोहित शर्माले आक्रामक ब्याटिङका साथ ६८ रन जोड्दै मुम्बईलाई सहज जित दिलाए ।
मुम्बईले पहिलो पावर प्लेमा एक विकेट गुमाउँदै ६१ रन जोडेको थियो । जसले गर्दा खेलमा मुम्बई कुनैपनि समय दबाबमा रहेन । जसमा कप्तान रोहित शर्माले कप्तानी इनिङ महत्वपूर्ण रह्यो । त्यसैले मुम्बईले सहजै उपाधि जित्यो ।
दिल्लीको कमजोर अन्त्य

एक समय दिल्ली ३.३ ओभरमा २२–३ को कमजोर अवस्थामा रहेपनि राम्रो पूनरागमन गरेको थियो । चौथो विकेटका लागि कप्तान श्रेयस ऐर र ऋषभ पन्तले ९६ रनको साझेदारी गर्दै दिल्लीलाई खेलमा फर्काएका थिए । तर १५ औं ओभरको अन्तिम बलमा ऋषभ पन्त आउट हुनु खेलको टर्निङ प्वाइन्ट बन्न पुग्यो ।
दिल्ली १५ ओभरको समाप्तिमा ११८–४ को स्थितिमा थियो । जुन समय दिल्लीले उत्कृष्ट अन्त्य गरेको भए १ सय ७० भन्दा माथिको योगफल कटाउन सक्थ्यो । जसले नतिजा दिल्लीको पक्षमा जान सक्थ्यो । ठूलो लक्ष्य पछ्याउँदा दबाब बढी हुन्छ । अझ फाइनल र लक्ष्य पछ्याउँदाको दबाब अन्य खेलमा भन्दा बढी हुन्छ । दबाबमा विकेट गुम्ने डरपनि त्यतिनै हुन्छ ।
दिल्लीले अन्तिम पाँच ओभरमा तीन विकेट गुमाउँदै ३८ रन मात्रै जोड्न सक्यो । जुन मुम्बईका ब्याट्सम्यानलाई रोक्न पर्याप्त थिएन । अन्तिम ३० बलमा ५० भन्दामाथि बनाउन सकेको भए दिल्लीको योगफल १ सय ७० माथि कट्ने थियो । उक्त लक्ष्यले दुबईमा दिल्लीलाई च्याम्पियन बनाउन सक्थ्यो । ऐरसँगै शिम्रन हेटमायर, अक्षर पटेल लगायतका खेलाडी हुँदा दिल्लीले उत्कृष्ट अन्त्य गर्न सक्थ्यो । तर त्यसो हुन नसक्दा उपाधि गुमाउनु पर्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]