5 years ago
November 11, 2020
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी ले युवा ब्याट्समयान बाबर आजमलाई टेष्ट क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ । टि ट्वान्टी र एक दिवसिय टोलीको कप्तान रहि सकेका बाबरलाई पिसिबीले टेष्टको पनि कप्तानी दिने निर्णय गरेको हो ।

नियमित कप्तान अजहर अलीलाई हटाउँदै पाकिस्तानले २६ वर्षिय बाबरलाई तीनै शैलीको कप्तान बनाउने निर्णय लिएको हो । पाकिस्तानले डिसेम्बर २६–३० तथा जनवरी ३–७ मा न्युजिल्यान्डसँग आइसिसी वल्र्ड टेष्ट च्याम्पियनसिप खेल्दैछ । उक्त टेष्ट सिरिजमा बाबरले टेष्टमा पहिलो कप्तानी गर्ने छन् । टेष्ट सिरिजपछि तीन टि ट्वान्टी आई खेलको पनि सम्भावना रहेको बताइएको छ ।
अलीले गतवर्ष पाकिस्तानको टेष्ट टोलीको कप्तानी पाएका थिए । उनले ९ टेष्ट खेलमा कप्तानी गर्दा २ खेलमा जित दिलाएका छन् । पछिल्लो पटक अजहरको कप्तानीमा पाकिस्तानले इंग्ल्यान्डसँग गत अगष्टमा तीन टेष्ट खेलेको थियो । जसमा १–० ले गुमाएको थियो ।
पाकिस्तानले बाबरको कप्तानीमा खेलेको ११ टि ट्वान्टी मध्ये ६ खेल जितेको थियो । २ खेल नतिजा विहिन हुँदा तीन खेलमा हारेको छ । पाकिस्तानले मंगलबार जिम्बावेलाई तीन टि ट्वान्टी सिरिजमा घरेलु मैदानमा क्लिनस्विप गरेको छ । ३ ओडिआईमा बाबरले कप्तानी गर्दा २ मा जिताएका थिए ।
अजहरले बाबरलाई कप्तान समर्थन रहने र सहयोग गर्ने बताएका छन् । बाबर टेष्ट टोलीको कप्तान बनेपछि ट्वीट गर्दै अजहरले भनेका छन्, ‘टेष्ट कप्तानमा नियुक्त भएकोमा बाबर बधाई छ । तिमी मेरो भाई हौं । तिमीलाई पूर्णरुपमा सहयोग गर्ने छु । अल्लाहले थुप्रै उपलब्धी र जितमा पाकिस्तानलाई सहयोग गरुन् ।’
बाबर बर्तमान समयमा विश्व क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान मध्येका एक हुन् । पाकिस्तानका वर्तमान समयका सर्वोत्कृष्ट ब्याट्सम्यान बाबर आजमले अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उच्च प्रर्दशन गर्दै आएका छन् । विश्व क्रिकेटमा केहि क्रिकेट विज्ञहरु बाबर भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भन्दा उत्कृष्ट ब्याट्सम्यान रहेको तर्क राख्दै आएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]