default_image

3 years ago

November 14, 2020

महिला क्रिकेट ग्रेडमा आरतीको असन्तुष्टि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गत असोज पहिलो साता नेपाली महिला क्रिकेट टोलीका १९ सदस्य खेलाडीलाई ए, बी र सी ग्रेडमा राख्दै पारिश्रमिक निर्धारण गरेको थियो । नेपाली महिला क्रिकेट इतिहासमा पहिलो पटक पारिश्रमिक र ग्रेड निर्धारण गरेपछि क्यानले आलोचनापनि त्यति नै खेप्नुपर्यो । आलोचना हुनुको कारण वर्गिकरणमा क्यानको गम्भिर लापरवाही […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गत असोज पहिलो साता नेपाली महिला क्रिकेट टोलीका १९ सदस्य खेलाडीलाई ए, बी र सी ग्रेडमा राख्दै पारिश्रमिक निर्धारण गरेको थियो । नेपाली महिला क्रिकेट इतिहासमा पहिलो पटक पारिश्रमिक र ग्रेड निर्धारण गरेपछि क्यानले आलोचनापनि त्यति नै खेप्नुपर्यो ।

आलोचना हुनुको कारण वर्गिकरणमा क्यानको गम्भिर लापरवाही थियो । प्रमुख र नियमति खेलिरहेका खेलाडीनै ग्रेडमा थिएनन् । ग्रेडमा भएका पनि प्रर्दशन अनुसार विभाजन गरिएको थिएन । महिला मात्रै होईन पुरुष टोलीको ग्रेड र पारिश्रमिक विभाजनको आलोचना चौतर्फी भएपछि क्यानले महिला र पुरुष टोलीका कप्तान, उप कप्तान र प्रशिक्षकलाई आवश्यक छलफल सहित सुझाव सहितको वर्गिकरण खेलाडी वर्गिकरण निर्धारण समितिलाई पेश गर्न क्यानले असोज १५ मा आग्रह गरेको थियो ।

क्यानले परिमार्जन गर्दै पुन: कार्तिक २२ मा केहि खेलाडीलाई समेटेको छ । यसअघि महिला टोलीमा नपरेका सरस्वती चौधरीलाई बी, ममता चौधरी र सुमन खतिवडालाई सी ग्रेडमा थप्ने निर्णय गरेको थियो । पुरुषतर्फ सोमपाललाई बी बाट ए, अभिनाश बोहरालाई सी बाट बी र सन्दीप जोरालाई सी ग्रेडमा राख्ने निर्णय गरेको थियो ।

त्यस्तै स्पिनर ललितनारयण राजवंशीलाई बी मा राखेको थियो । परिमार्जन पछि ग्रेडमा केहि सकरात्मक देखिएपनि केहि खेलाडी भने पुन पर्न सकेनन् । केहि खेलाडी मौन छन् भने केहि खुलेर क्यानको आलोचना गर्न थालेका छन् । त्यस्तै महिला क्रिकेटकी लेगस्पिनर आरती बिडारीले क्यानले आफूलाई नराखेको कारण प्रष्ट पार्नुपर्ने माग गरेकी छिन् ।

२८ वर्षिय आरतीले गतवर्ष थाईल्यान्डमा सम्पन्न स्याम्स प्रतियोगितामा थाईल्यान्डको ए टोलीविरुद्ध डेब्यु गरेकी थिइन् । त्यस्तै नेपाली महिला क्रिकेटमा लामो समयदेखि सक्रिय रहेको राइजिङ क्रिकेट फर वुमन (आरसिडब्लू) की कप्तान समेत रहेकी आरतिले ग्रेडमा हेरफेर नगरे क्रिकेट नै छोड्न सक्ने पनि बताएकी छिन् ।

‘म भन्दा प्रर्दशनै नगरेका खेलाडी ग्रेडमा छन् । राष्ट्रिय टोलीमै नखेलेका खेलाडी टोलीमा पर्दा म किन परिन क्यानले जवाफ त दिन सक्नुपर्छ । ग्रेडमा परेका खेलाडीको प्रर्दशन क्यानले देखाउन सक्नुपर्छ । क्यान चार वर्ष निलम्बनमा हुँदा मैलेनै खेलाडीलाई लिएर हिँडेको थिए । चार पाँच वर्षमा चार पाँचवटा प्रतियोगिता गराएर भ्रमण गराउने नेपाली महिला क्रिकेटमा म नै हो । मलाई कसको प्रर्दशन के कति छ भन्ने पुरै थाहा छ । मैले जति सायद महिला क्रिकेटमा अरु कसैले पनि रेखदेख गर्दैन होला’, उनले भनिन् ।

‘फ्रेन्चाइज लिग र घरेलु प्रतियोगिताकै मात्र प्रर्दशन हर्ने हो भने हामीलाई नेपाली टोलीमा किन राख्छौं । घरेलु प्रतियोगिाता प्रर्दशन नगरी हामी राष्ट्रिय टोलीमा कसरी पर्छौं? १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा घाइते थिएँ । म घाइते भएको बेला प्रर्दशन गर्ने कुरा भएन,’उनले प्रष्ट पारिन्, ‘दिल्लीमा गतवर्ष मार्चमा स्कुटरबाट खस्दा घाइते भएको थिए । त्यसैले १३ औं सागको प्रशिक्षणमा सहभागि भएपनि पूरै विश्राममा थिए । बलिङ गर्न नसकेरमा डब्लूसिएलमा चार ओभर मात्रै गरेको थिएँ ।’

आरतिलाई आफू ग्रेडमा नपरेकोमा कुनै गुनासो र दुःख नभएको बताउँछिन् । तर आफूभन्दा धेरै कमजोर खेलाडी र देशबाटै नखेका खेलाडीले पाउँछन् भने आफूले पनि पाउनुपर्ने दाबी गर्दछिन् । ‘मलाई राख्दैन भने ग्रेडमा योग्य नभएका पनि राख्नु हुँदैन, मेरो माग त्यहि हो । मेरो गुनासो अरु केहि छैन । मैले पाएन भन्ने चिन्ता पनि होईन । तर म भन्दा कमजोर खेलाडीले पाउँछ भने मैले किन नपाउने भन्नेनै मेरो प्रमुख गुनासो र प्रश्न हो,’ उनले भनिन् ।

‘म त्यो स्थानमा योग्य छैन भने म भन्दा कमजोर प्रर्दशन भएका खेलाडीलाई पनि हटाऔं । १० वर्षदेखि क्यानको केहि साथ र सहयोग नहुँदा पनि खेलियो, अझै पनि खेल्न सकिन्छ । मलाई त्यो पाँच हजारको कुनै लोभ पनि छैन । क्रिकेट खेलिसके पछि हामीले के पाउँछौं ? त्यहाँ पनि हामीलाई हेपिन्छ भने खेलेको अस्तित्व रहन्छ र ? मेरो गुनासो अरु केहि छैन । म किन परिन ? म पर्दिन भने ती योग्य नभएका खेलाडीलाई पनि हटाऔं,’ उनले थपिन ।

आरतीले गतवर्ष थाईल्यान्डमा भएको स्याम्स टि२० प्रतियोगितामा थाईल्यान्ड ए टोलीविरुद्ध डेब्यु गरेकी थिइन् । डेब्यु खेलमा ५ रन खर्चेर ३ विकेट लिएकी थिइन् । त्यसको एक महिनापछि थाईल्यान्डमै भएको विश्वकप छनोटमा आरतिले एक खेल खेल्ने मौका पाएकी थिइन् । चीनवरुद्ध ४ ओभरमा १७ रन खर्चिदा विकेट भने लिन सकेकी थिइनन् । आरतीले सन् २०१० र २०१२ को यू१९ प्रतियोगिता खेलेकी थिइन् । तर त्यसमा पनि मौका भने पाएकी थिइनन् ।

आरती एउटा म्याचमानै प्रमाणित गरेर देखाउन कठिन पर्ने बताउँछिन् । ‘टोलीमा खेल्ने राम्रो मौका पाइरहेका तर प्रर्दशन नगर्ने चाहिँ ग्रेडमा छन् । ग्रेडमा योग्य खेलाडीमात्रै राख्नुपर्छ,’ उनको तर्क छ ।

‘क्यान निलम्बन हुँदा पुरुषलाई त आईसिसीले हेर्थ्यो । महिलालाई कस्ले हेर्थ्यो ? महिला टोली नमरोस भनेर मैले त्यो बेला प्रतियोगिता गराएको थिएँ । त्यो समय मैले मान्छेहरुसँग हात जोडेर पनि क्रिकेट प्रतियोगिता गराउँथे । टिममा पर्ने वा नपर्ने भन्ने आफ्नो प्रर्दशनमा निर्भर रहन्छ । यो समय प्रर्दशन गर्न सक्दिन । म टोलीमा परिन त्यसमा कुनै गुनासो गर्दिन । प्रर्दशननै छैन भने पर्ने कुरा हुँदैन । प्रर्दशन गर्छु भने खेल्ने अवसर चाहिँ दिनुपर्छ,’उनले भनिन् ।

‘ग्रेड र पारिश्रमिक विभाजनले मेरो मनोबल त गिरेको छ । अब ग्रेड र पारिश्रमिक लिष्ट परिवर्तन गरेन भने सायद म एउटा प्रतियोगिता खेलेर क्रिकेट छोड्दिन्छु । म नेपाली क्रिकेटनै छोड्दिन्छु । यो होईन कि म क्लब लिएर हिँड्छु वा प्रशिक्षकमा आउँछु । मेरो सोच के हो भने आज खेल्छु भने भोली खेलाउँछु । मेरो क्लब थियो । म माथि लिएर जान्छु । तर यो क्यानको विभेद देखेर भनेर पछिल्ला केहि दिनहरुमा म मानसिक दबाब खेपिरहेको छु,’ उनले सुनाइन् ।

‘लकडाउनको कारण धेरै कुराको सामना गर्नु परेको छ । म चितवनबाट काठमाडौं गएर संघर्ष गरेर खेलेको मान्छे । सबैतिरबाट एकैपटक च्यापिन थालेपछि मनोबल कमजोर हुने रहेछ । यो लिष्ट परिवर्तन भएन र नयाँ क्यानले पनि केहि गर्न सकेन भने यो हामी क्यान भनेर बसेर केहि काम छैन । खेलाडीको रुपमा सम्मान गर्दै भने पछि प्रशिक्षक पनि चाहिँदैन । लेभल २ पास गरेको छु । प्रशिक्षकको अवसर पनि आइरहेको छ । तर खेलाडीमा सम्मान पाइदैन भने भोली गएर प्रशिक्षक बनेर के आशा गर्ने ?,’ उनले प्रश्न तेर्स्याइन् ।

‘क्रिकेट छोड्ने सोचमै पुग्नु दुखको कुरा हो । मलाई थाहा छैन । उहाँहरुको के सोच छ । उहाँहरुलाई नराम्रो पनि भन्दिन । संघका मान्छेले राम्रो पनि गर्न सक्नुहुन्छ । अरुको लागि ग्रेड राम्रो भएको होला । मेरो लागि नराम्रो भएको हो । घरका मान्छेले क्रिकेटबाट के पाइस भन्दा संघका मान्छेले इज्जत र सम्मान गर्छ भन्ने त होस् न । मेरो मैले निर्णय लिने हो । क्यानले पहिला हामीबाट गल्ती भयो भनेका थिए । अहिले त्यो गल्ती किन सुधार गर्दैनन् त ? गल्ती सुधार गर ।’

‘घर परिवारको साथले नै क्रिकेट खेलेको हो । उहाँहरुबाट दबाब हुन्थ्यो भने १० वर्ष क्रिकेट खेल्न सम्भव थिएन । मेरो बुबाको सन् २०१० मा मृत्यु भएको हो । त्यो बेला म भैरहवामा बुबाको मृत्यु भएको तीन दिनपछि छनोट खेल्न गएको थिए । सबैजनाले क्रिकेट खेल्नु छ भने आउनै पर्छ भनेपछि तीन दिनको कार्य गरेर नुन मुखमा हालेर गएको थिएँ । क्रिकेटको लागि मैले यतिसम्म त्याग गरेको छु । १३ दिनको काम छोडेर क्षेत्र नम्बर ४ बाट छनोट खेल्न काठमाडौं पुगेको हो ।’

‘हामीले क्रिकेटको लागि परिवारनै छोडेर हिड्न दोहोरो सोचेनौं । तर क्रिकेटले दिने बेलामा भने यस्तो गरिरहेको छ । मलाई दिनुपर्छ भन्ने पनि छैन । तर त्यसको लागि योग्यलाई मात्रै राख्नुपर्छ । म सुरुमा चुप थिएँ । सुरुमा लिष्ट देखेर हासेर बसें । लगत्तै चौतर्फी आलोचना भएपछि आवज उठ्दै छ । हाम्रो बारे कोहि त बोल्ला भनेर चुप लागेर बसेको थिएँ । तर कोहि पनि बोलेन’, उनले भनिन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता, डब्लूसिएलको प्रर्दशन, अनुशासन लगायतका सबै कुरालाई ध्यानमा राखेर प्रशिक्षक, कप्तान र उपकप्तानसँग बसेर छलफल गर्दै दोस्रो पटक ग्रेड विभाजन गरेको क्यानका कोषाअध्यक्ष तथा वर्गिकरण छनोट समितका संयोजक रोशनकुमार सिंह बताउँछन् ।

‘पहिलो ग्रेडमा हामी कहि कतै चुकेका थियौं । तपाईंहरुको आलोचनापछि हामीले सुधार गरेर लग्यौं । सम्झौता एक वर्षको ठाउँमा ६ महिनाको लागि गरेका छौं । आरती जस्तो खेलाडी आत्तिनु भएन । आफूलाई हिम्मतका साथ अगाडि बढाउनु । हाम्रो साथ खेलाडीसँग सधैं रहनेछ,’ सिंहले भने ।

‘आरती आफूलाई प्रमाणित गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलका आगमी अवसर थुप्रै छन् । यो खासै ठूलो कुरा भने होईन । खेल्ने खेलाडीले खेल्नुपर्यो । १० वर्षको यात्रा गरेको खेलाडीलाई ६ महिना केहि पनि होईन । सय जनामा एक दुई झना त कहि कतै त अल्झेकै हुन्छ’, सिंहले थपे ।

क्यानको महिला वर्गिकरणमा कुल २२ खेलाडी छन् । ग्रेड ए मा रहेकाले मासिक १५ हजार, बी मा रहेकाले १२ हजार र सीे १० हजार दिने निर्णय गरेको थियो । क्यानको सुधार गरेको ग्रेडमा ए मा पाँच, ग्रेड बी मा नौं र सी मा आठ खेलाडी छन् ।

महिला ग्रेड :

ग्रेड ए : रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी

ग्रेड बी : ज्योती पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ, सरस्वती चौधरी र सरिता मगर

ग्रेड सी : कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, शोभा आले, सुमन खतिवडा र ममता चौधरी

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

Success

Thank you for your time.