5 years ago
November 17, 2020
एजेन्सी – दुई वर्षअघि एक्स्पर्ट धनगढी ब्लुजबाट पोखरा प्रिमियर लिग (पिपिएल) खेलेका इंग्ल्यान्डका युुवा ब्याट्सम्यान ड्यान लरेन्सले अष्ट्रेलियामा अर्को महिनादेखि सुरु हुने बिग ब्यास लिग (बिबिएल) खेल्ने भएका छन् ।

लरेन्सले ब्रिसबेन हिटबाट बिबिएल खेल्दै छन् । उनले २०२०/२१ को बिबिएलको लागि ब्रिसबेनसँग सम्झौता गरेका छन् । ब्रिसबेनमा इंग्ल्यान्डकै ओपनर टम ब्यान्टन, लेविस ग्रेगरी र अफगानिस्तानका स्पिनर मुजिब उर रहमान छन् । गतवर्ष सातौं स्थारमा रहेर बाहिरिएको ब्रिसबेनले यस सिजनको लागि दक्षिण अफ्रिका एबी डिभिलियर्स, बेन कटिङ र जेम्स प्याटिनसनलाई भने फुकुवा गरेको थियो ।
लरेन्सले २०१८ मा दीपेन्द्रसिंह ऐरी कप्तान रहेको धनगढी ब्लुजबाट खेलेका थिए । तर अपेक्षा अनुसार प्रर्दशन भने गर्न सकेका थिएनन् । उनले ५ खेलमा ६५ रन जोडेका थिए । बलिङतर्फ ६ विकेट लिएका थिए । धनगढीबाट लरेन्सले ओपनिङ र तल्लोक्रममा ब्याटिङ गरेका थिए । बिराटनगर टाइटन्सलाई ७८ रनले हराउन लरेन्सले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएका थिए ।

लरेन्स बुटवल ब्लास्टर्सविरुद्ध ‘म्यान अफ द म्याच’ प्रर्दशन गरेका थिए । उक्त खेलमा लरेन्सले तल्लोक्रममा ब्याटिङ गर्दै ५२ रनको इनिङ खेलेका थिए । उक्त खेलमा लरेन्सलाई अभिनास बोहराले बोल्ड गरेका थिए । बलिङतर्फ सिद्धान्त लोहनीलाई १२ रनमा बोल्ड आउट गरेका थिए । गतवर्ष भने लरेन्स पिपिएल खेलेनन् ।
२३ वर्षिल लरेन्सले इंग्ल्यान्डको एसेक्सबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । मध्यक्रममा ब्याटिङ गर्ने उनले ७४ प्रथम श्रेणी, २८ लिष्ट ए र ६० टि२० खेल खेलेका छन् । इंग्ल्यान्डको टोलीमा डेब्युको प्रतीक्षामा रहेका लरेन्सले प्रथम श्रेणीमा १० शतक प्रहार गरेका छन् ।
लरेन्सले सन् २०१६ मा इंग्ल्यान्डबाट यू१९ विश्वकप खेलेका थिए । जसक्रममा उनले फिजीविरुद्ध १ सय ७४ रनको शतकीय इनिङ खेलेका थिए । गत जुलाईमा वेस्ट इन्डिजसँगको टेष्ट खेलमा उनी इंग्ल्यान्डको वैकल्पिक खेलाडीको रुपमा थिए । बिबिएल आगमी डिसेम्बर १० देखि सुरु हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]