5 years ago
November 18, 2020
एजेन्सी – कराँची किंग्सले पाकिस्तान सुपर लिग (पिएसएल) को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा कराँची किंग्सले लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक पिएसएल उपाधि जितेको हो ।

जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कराँचीले १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । कराँचीलाई ऐतिहासिक उपाधि जिताउन ओपनर बाबर आजम ४९ बलमा ७ चौका सहित ६३ रनमा अविजित रहे । कप्तान इमाद वासिम ७ बलमा २ चौका सहित १० रनमा अविजित रहँदै उपाधि पक्का गरे । वासिमले शाहिन अफ्रिदीलाई चौका प्रहार गर्दै खेल सकाएका थिए ।
चाडविक वाल्टन २७ बलमा १ चौका सहित २२ रनको योगदान दिए । ओपनर शर्जिल खान १३ र एलेक्स हक्स ११ रनमा आउट भए । दिलबर हुसैनन्ले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । शाहिन अफ्रिदीले एक विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर ब्याटिङ रोजेको कलन्दर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । पहिलो विकेटका लागि कलन्दर्सका ओपनर फखर जमान र तमिम इकबाल १०.१ ओभरमा ६८ रनको साझेदारी गरेका थिए । ११ औं ओभरको पहिलो बलमा उम्मेद आसिफले इफ्तिखर अहमदबाट इकबाललाई ३५ रनमा क्याच आउट गराए ।
इकबालले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । चौथो बलमा जमान इफ्तिखरबाटै २७ रनमा क्याच आउट हुँदा कलन्दर्स समस्यामा परेको थियो । जमानले २४ बलमा ४ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानको प्रर्दशन खराब हुँदा सस्तैमा समेटिन पुग्यो ।
इमाद वासिमले १२ औं पहिलो बलमा मोहम्मद हफिजलाई बाबर आजमबाट २ रनमा क्याच आउट गराए । १४ औं ओभरको तेस्रो बलमा स्मित पटेल ५ रनमा क्याच आउट हुँदा कलन्दर्स ८१–४ को अवस्थामा पुगेको थियो । अर्शद इकबालले बेन डंकलाई १६ औं ओभरको चौथो बलमा बाबरबाट ११ रनमा क्याच आउट गराए ।
१९ औं ओभरको पहिलो बलमा सोहिल अख्तर १४ रनमा शेर्फान रदरफोर्डबाट समातिन पुगे । डेभिड विसे १४ बलमा १ छक्का सहित १४ रनमा अविजित रहे । शाहिद अफ्रिदी ४ बलमा १ चौका र १ छक्का सहित १२ रनमा अविजित रहे ।
कराँची किंग्सका उम्मेद आसिफले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अर्शद इकबालले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । वकास मकसुदले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । इमाद वासिमको नाममा एक विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]