default_image

5 years ago

November 18, 2020

सन्दीपले होबार्टबाट बिग ब्यास खेल्ने

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलिया चर्चित बिग ब्यास लिग (बिबिएल) होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन् ।

यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि नयाँ टोलीको खोजी गरेका थिए । जसमा होबार्ट हरिकेन्सबाट खेल्ने पक्का भएको छ । होबार्टले बिहीबार औपचारिक रुपमा सार्वजनिक गर्ने सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिएका छन् ।

‘सन्दीपका विषयमा बिहीबार भित्र सार्वजनिक गर्ने भनेको छ । खेल्ने लगभग पक्का भई सकेको छ । अष्ट्रेलियाको १० बजे सार्वजनिक गर्ने सम्भावना छ,’ रमनले भने । सन्दीपको पारिश्रमिक भने खुलाउन नमिल्ने रमन बताउँछन् । सन्दीपले बिग ब्यासको सुरुवाती खेल भने गुमाउने छन् । उनी नेपालबाट बिग ब्यास लिग खेल्ने डिसेम्बर दोस्रो साता अष्ट्रेलियातर्फ जानेछन् ।

बिग ब्यास आगमी डिसेम्बर १० देखि सुरु हुने छ । अष्ट्रेलिया सरकारको कोरोना नियम अनुसार दुई हप्ता क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । बिबिएलको पहिलो खेलमा होबार्टले सिड्नी सिक्सर्ससँग खेल्ने छ । डिसेम्बरमा होबार्टले कुल ६ खेल खेल्ने छ । सन्दीपले कम्तिमा चार खेल गुमाउने छन् ।

गतवर्ष होबार्टबाट अफगानिस्तानका युवा लेगस्पिनर काइस अहमद खेलेका थिए । अहमदले यस सिजनको बिग ब्यास लिग नखेल्ने भएपछि उनको स्थान सन्दीपले लिने क्रिकेटडटकम एयूले पनि जनाएको छ ।

गतवर्ष सन्दीपले मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । उक्त उत्कृष्ट प्रर्दशनले यस पटक पनि सन्दीपले मेलबर्न स्टार्सबाटै खेल्ने धेरैले आशा गरेका थिए । तर स्टार्सले सम्झौता नविकरण गरेन ।

मेलबर्न स्टार्सले यस पटक सन्दीपको स्थानमा अफगानिस्तानका स्पिनर जाहिर खानलाई टोलीमा अनुबन्ध गरेको छ । स्टार्सले वेस्टइन्डिजका निकोलस पुरन र इंग्ल्यान्डका जोनी बेयरस्टोसँग पनि सम्झौता गरेको छ ।

होबार्टले विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिका कोलिन इनग्राम, इंग्ल्यान्डका विल ज्याक्स, डेविड मलान र वेस्टइन्डिजका युवा अलराउन्डर किमो पलले सम्झौता गरि सकेका छन् । कप्तान म्याथ्यु वेड रहँदा पिटर ह्यान्ड्सकम्ब र डार्सी सट जस्ता चर्चित खेलाडी होबार्टमा छन् ।

सिंगापुरमा युवा ब्याट्सम्यान टिम डेभिड पनि होबार्टबाट बिग ब्यास लिग खेल्ने छन् । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.