default_image

5 years ago

November 18, 2020

क्यानको वार्षिक साधारण सभा सम्पन्न

254 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा बुधबार भर्चुअल (अनलाइन) को माध्यमबाट सम्पन्न भएको छ ।

कोरोना महामारीको कारण साधारण सभा भर्चुअल माध्यमबाट गर्दै विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सभाको प्रमुख अथिति राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, सभापति क्यानका अध्यक्ष चतुबहादुर चन्द र आइसिसीका प्रतिनिधि अधिवक्ता राजेश्वर श्रेष्ठ थिए ।

उद्धघाटनको क्रममा राखेप सदस्य सचिव सिलवालले कोरोना महामारीको कारण क्रिकेटका धेरै ठूला प्रतियोगिता आयोजना गर्न नसकेको बताएका थिए । २०२१ मा जनजीवन सामान्य हुँदै क्रिकेटले पुनः फड्को मार्ने बताए । नेपालमा समूहको खेलमा सर्वाधिक रुचिको खेल पनि क्रिकेट भएको बताएका थिए । खेलाडीको प्रर्दशनसँगैे नेपाली समर्थकहरुको माया, साथ र सहयोग नेपाली क्रिकेट विकाशमा ठूलो योगदान पुर्याएको जनाएका थिए ।

सभामा बोल्दै अध्यक्ष चन्दले कोरोना महामारीको कारण एक वर्ष खेल हुन नसक्दा नेपालको ओडिआई मान्यता सन् २०२३ मार्च सम्म रहने बताएका थिए । मुख्य प्रशिक्षकको लागि १७ देशका कुल ७२ जनाले आवेदन दिएको जानकारी दिएका थिए । ए लिष्टका १४ जना मध्य १२ जनाको अन्तर्वार्ता भइसकेको र प्रशिक्षक छनोटको लागि छलफल जारी रहेको चन्दले सभामा जानकारी दिएका थिए ।

साधरण सभामा नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन गर्न वार्षिक साधरण सभाका प्रतिनिधिहरु एकमत रहेको जनाएका छन् । सभाले क्यानको स्वामित्वमा रहने गरि नेपाली क्रिकेट हित र अनुकुल रहने गरी केन्द्रिय कार्यसमितिलाई एनपिएल सम्झौता प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको छ ।

आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको संघको वार्षिक लेखापरिक्षण प्रतिवेदनलाई सभाले पारित गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को लेखा परिक्षण लागि एबिएस एण्ड एसोसियट्सलाई जिम्मेवारी दिने निर्णय गरेको छ । वित्तीय वर्ष २०७७/०७८ को कार्यक्रम र बजेट निर्माण गर्न अघि बढ्न केन्द्रिय कार्य समितिलाई सभाले निर्देशन दिएको छ ।

पाँच वर्षे रणनैतिक योजना निर्माण गर्र्न र आइसिसीलाई पेश निर्देशन दिएको छ । जिल्ला र प्रादेशिक क्रिकेट संघहरुको संचालन कार्यविधि निर्माण गर्न पनि निर्देशन दिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.