5 years ago
November 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन–३ स्पोर्टस् प्रा.लीलाई दिने प्रस्ताव गरेको छ ।

बुधबार क्यानको वार्षिक साधरण सभामा भारतीय कम्पनी सेभेन–३ स्पोर्टस प्रा.लीलाई १० वर्षका लागि ४० करोड रुपैयाँमा बेच्ने प्रस्ताव गरिएको थियो । जसमा साधरण सभामै केहि प्रतिनिधिहरुले विरोध जनाएका थिए ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा बारा जिल्लाका प्रतिनिधिको रुपमा सभामा रहेका पवनकुमार अग्रवालले एनपिएल आयोजना भारतीय कम्पनीलाई दिने प्रस्ताव भएको जानकारी दिए । यस विषयमा पवनले क्यानलेनै गर्नुपर्ने विचार राखेका थिए ।
‘घाटा नाफा जे हुन्छ क्यानले आयोजना गर्नुपर्छ । यसो गर्दा अहिले भई रहेका एभरेष्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग(डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) र एनपिएलमा खासै भिन्नता रहेन । क्यानले आफैं गर्नुपर्छ भन्ने मैले आफ्नो विचार राखेको थिएँ ।’
अग्रवालका अनुसार १० वर्ष सम्मलाई अनुमती (लाइसेन्स) दिने प्रस्ताव गरिएको थियो । पहिलो वर्ष उक्त कम्पनीले साढे दुई करोड बुझाउने छ । १० वर्षमा ४० करोड रुपैयाँ प्राप्त गर्ने प्रस्ताव रहेको अग्रवालले बताएका छन् ।
क्यानकी पूर्व सिइओ भावना घिमिरेले भारतीय कम्पनीलाई दिने प्रस्ताव गद्दारी भएको बताएकी छिन् । उनले एक ट्वटी गर्दै भनेकी छिन् ‘एनपिएल क्यानले नै गर्नुपर्छ यसमा दुविधा भएन तर भारतीय कम्पनीलाई दिने प्रस्ताव गद्दारी हो । हामी सक्षम छौँ, राष्ट्रिय खेलकुद परिषदको ब्रोडकास्टिङ्ग राईट्सको कथा नदोहोरियोस ।’
त्यस्तै उनले अर्को ट्वीटमा भनेकी छिन्, ‘५ वर्ष अघि मेरै कार्यकालमा एउटा साधारण राष्ट्रिय स्तरको खेलको लागि झण्डै पौने करोडको टाईटल स्पन्सर भटिएको देशमा क्रिकेट संघले गर्ने अन्तराष्ट्रीय स्तरको एक्सक्लुसिभ फ्रान्जाईज लिग एनपिएल को लागि २ करोड कुनै पनि हालतमा ठुलो रकम होइन ।’
क्यानले आगमी वर्ष एनपिएल गर्ने तयारी गरेको छ । साधरण सभामा एनपिएल सञ्चालन गर्न वार्षिक साधरण सभाका प्रतिनिधिहरु एकमत रहेको जनाएका छन् । सभाले क्यानको स्वामित्वमा रहने गरि नेपाली क्रिकेट हित र अनुकुल रहने गरी केन्द्रिय कार्यसमितिलाई एनपिएल सम्झौता प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]