default_image

3 years ago

November 19, 2020

‘क्रिकेट विकासकै लागि एनपिएलको सम्झौता’ – अध्यक्ष चन्द

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) आगमी १० वर्ष सम्म आयोजनाको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस् प्रा.ली लाई दिने प्रस्ताव अघि बढाएको छ । प्रस्ताव अनुसार १० वर्षमा ४२ करोड रुपैयाँ पाउने सर्तमा क्यानले भारतीय कम्पनीलाई बेच्ने तयारी थाल्दा यसको आलोचना चौतर्फी रुपमा भइरहेको छ । क्यानका […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) आगमी १० वर्ष सम्म आयोजनाको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस् प्रा.ली लाई दिने प्रस्ताव अघि बढाएको छ ।

प्रस्ताव अनुसार १० वर्षमा ४२ करोड रुपैयाँ पाउने सर्तमा क्यानले भारतीय कम्पनीलाई बेच्ने तयारी थाल्दा यसको आलोचना चौतर्फी रुपमा भइरहेको छ । क्यानका अध्यक्ष चतुबहादुर चन्दले नेपाली क्रिकेट हित र विकासका लागि भारतीय कम्पनीलाई दिन लागेको बताउँछन् । चन्दले उक्त रकम स्वदेशी कम्पनीबाट नपाएको बताउँछन् ।

‘एनपिएल नेपाल क्रिकेट संघले आयोजना गर्ने हो । भारतीय कम्पनीलाई व्यवस्थापन देखि लिएर सम्पूर्ण जिम्मेवारी दिनेछौं । फाइनल केहि पनि भएको छैन । प्रस्ताव अनुसार उनीहरुले स्टेडियममा लगानी गर्नेछन् । एनपिएलमा ६ टोलीबाट सुरु हुने छ । १० वर्षमा ४२ करोड रुपैयाँ क्यानलाई शुद्ध रुपमा दिने छ । काम गर्ने स्टाफको भने हामीले पैसा तिने छौं । आयोजनाको सबै खर्च उसैले नै गर्नेछ’, चन्दले भने ।

‘प्रिमियर लिगको पछाडि हामीले ३ सय ६५ दिन भाग्नु भन्दा १५ दिन समय निकाल्ने हो र त्यसबाट नेट बेनिफिट लिएर क्यानको अन्य विकासमा लगानी गर्ने छौं । क्यानले गर्दा अहिले पनि नाफा घाटा कति हुन्छ त्यसको सक्षम छैन । क्यानको हितमा मात्रै सहमित गरेर अघि बढ्ने हो’ , चन्दले भने ।

‘स्वदेशी कम्पनीले पैसा पनि त दिनुपर्यो नि । संघलाई पैसा चाहिएन ? नेपाल क्रिकेटलाई व्यावसायिक बनाउनु पर्यो भनेर सबै कराइरहेका छन् । व्यावसायिक रुपमा अगाडि बढाउन आर्थिक रुपमा अघि बढ्न खोज्दा त विभिन्न कुरा आइहाल्छ ।’

‘आउने पैसा अध्यक्षले आफ्नो गोजामा हाल्नी हो र ? हामी क्रिकेट विकासमै जाने हो । अन्य लिगका साथीहरुलाई समस्याको डर लागेको होला । अन्य लिगसँग हाम्रो सरोकारको विषय होईन । ती लिगलाई नियमन गर्न एउटा कार्यविधि बन्दै छ । कुनैपनि बोर्डको आफ्नै लिग हुन्छ । १५ दिनका लागि मात्रै अरुलाई गर्न दिएको हो । यसबाट शुद्ध फाइदा लिएर नेपाली क्रिकेटको विकासमा लगानी गर्ने हो ।

१० वर्षनै किन भन्ने प्रश्नमा उनले भने, ‘क्रिकेट राम्रो गर्यो भने धेरै माथि पनि पुग्ला । क्रिकेट भताभुंग भयो भने तलपनि झर्न सक्यो । क्रिकेटको हित नहुने सम्झौता हामी गर्दै गर्दैनौ । सम्झौता भएको छैन । नेपाली क्रिकेटको हित मान्दैन भने नेपाली कम्पनीसँग कुरा गरौंला नि । नेपाली कम्पनीसँग सक्षम छ भने कुरा गरौंला । नेपाली कम्पनीसँग अनौपचारिक छलफल भएको हो । वार्षिक ७५ लाख रुपैयाँ दिन भन्दा अघि कोहि अघि बढ्दैन। ’

‘डिपिएल, इपिएल, पिपिएलमा लगानी गरेका कम्पनीलेनै एनपिएलमा लगानी गर्ने ता होलान् नी । नाम त तोक्दैन । तर ती कम्पनीसँग कुरा गर्दा ७० लाख भन्दा वर्षको दिन अघि कोही बढ्दैन । ७० लाख ठिक छ कि वर्षमा ४ करोड आउने सहि छ’, चन्द प्रश्न गर्छन् ।

‘कम्पनी जो सुकै होस् । क्यानको स्वामित्वमा लिग हुन्छ । नेपाली खेलाडी र नेपाल क्रिकेटको हितमा हुने गरि सम्झौता गर्छौं । अहिले चलिरहेको जस्तो एनपिएल होईन । विश्वस्तरिय क्यारेबियन प्रिमियर लिग स्तरको गर्न खोजिएको हो । पैसा नभए पनि त्यस्तो गर्न खोजिएको हो । अहिलेको जस्तो भए त किन गर्न पर्यो । खेलाडीलाई पनि लाभ होस् । पुर्वधारको पनि विकास होस् भन्ने उदश्यले गर्न थालिएको हो ।’

अध्यक्ष चन्दले भविष्यलाई ध्यानमा राखेर नै निर्णय लिइएको बताए । ‘हो खुल्ला आव्हान गरेको भए झन ठूलो लगानी आउन सक्छ । तर कोरोना महामारीमा बजारको मूल्य र नेपाली क्रिकेटको स्तर सबैलाई थाहा छ । हामीसँग एउटा स्टेडियम छैन ।’

‘क्रिकेटलाई बेच्नुपर्छ भन्ने खोजेको हो । इपिएल, डिपिएल र पिपिएल स्तरकै गर्ने हो भने त मेरो भन्नु केहि छैन । विश्व बजारमा नेपाली क्रिकेटलाई लैजानु पर्छ । साधारण सभामा पनि यस विषयमा छलफल भएको छ । नेपाल क्रिकेटको हितमा हुने गरि छलफल गरेर अगाडि बढाउने निर्णय दिएको छ ।’

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.