5 years ago
November 19, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगको दशौं संस्करणमा होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन् । होबार्टले आफ्नो वेबसाइटमा सन्दीपको आगमनसँगै टोली पूर्ण भएको जनाएको छ ।

बिग ब्यासको आठौं संस्करणमा मेलबर्न स्टार्सबाट खेल्दै अष्ट्रेलियन लिगमा डेब्यु गरेका उनले पछिल्लो सिजन पनि सोहि टोलीबाट निरन्तरता दिएका थिए । तर यस सिजन सम्झौता नवीकरणमा सहमति हुन नसक्दा सन्दीप होबार्ट पुगेका हुन् । सन्दीपलाई अनुबन्ध गर्न होबार्ट र मेलबर्नसँगै अन्य टोलीले पनि इच्छा देखाएको बुझिएको छ ।
सन्दीपले बिग ब्यासमा दुई सिजन खेल्दै २० खेलमा १९.८ को औसतमा २६ विकेट लिएका छन् । सन्दीप आफैंले पनि होबार्टको प्रतिनिधित्व गर्न पाउँदा गौरव महसुस गरेको बताए । ‘ म दशौं सिजनका लागि होबार्ट हरिकेन्स परिवारको साथमा रहन पाउँदा गौरवान्वित महसुस गरिरहेको छु । यसका लागि म आभारी छु । मैले अष्ट्रेलियामा सधैं साथ र माया पाएको छु र अष्ट्रेलियाको शीर्ष स्तरको क्रिकेट खेल्न उत्साहित छु । त्यहाँ आएर खेल्न आतुर छु,’ उनले भने ।
होबार्टका प्रमुख प्रशिक्षक एडम ग्रिफिथले सन्दीपसँग टोलीको बलिङ आक्रमणमा फरक प्रभाव पार्ने क्षमता रहेको बताए । ‘ हामीले देखेका छौं की सन्दीपले आफ्नो स्पिनको मदतले खेलको रुप बदल्न सक्छन् । उनि इनिङको कुनैपनि अवस्थामा बलिङ गर्न सक्छन् । उनले आफ्नो विकेट लिने क्षमता सिद्ध पारेका छन् र हाम्रो बलिङ आक्रमणमा फरक धार ल्याएका छन्,’ ग्रिफिथले भने ।
हरिकेन्सका प्रबन्ध निर्देशक स्कट बार्न्सले सन्दीपको आगमनले उनको प्रभाव टोलीको मैदानभित्रको सफलतामा मात्र नभएर मैदानबाहिर पनि हुने बताए । ‘ हामीले पछिल्ला दुई सिजनमा देखेका छौं कि सन्दीपले बलिङ गरेर मात्र होइन, उनको व्यक्तित्वले पनि खेलमा प्रभाव छाडेका छन् । यसपटक उनी हाम्रो टोलीमा छन् र आशा गरौं उनले चाडैं नै तास्मनियाको समर्थकसामु आफ्नो जादु देखाउन पाउनेछन्,’ बार्न्सले भने ।
होबार्टको पूर्ण टोली :
सक्ट बोल्यान्ड, टिम डेविड, जेक डोरन, नेथन एलिस, जेम्स फल्क्नर, पिटर ह्यान्ड्सकम्ब, बेन मक्डरमट, राइली मेरेडिथ, डेविड मुडी, मिचेल ओवेन, टिम पेन, विल परकर, डार्सी सर्ट, म्याथ्यु वेड, निक विन्टर, म्याक राइट
विदेशी खेलाडी : डेविड मालन, सन्दीप लामिछाने, किमो पल
वैकल्पिक विदेशी : विल ज्याक्स, कोलिन इन्ग्राम
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]