default_image

3 years ago

November 20, 2020

क्यान, एनपिएल र फ्रेन्चाइज क्रिकेटको भविष्य

भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस् प्रा.ली लाई दिने प्रस्ताव राखेको छ । सेभेन थ्री स्पोर्टस् प्रा.ली ले क्यानलाई १० वर्षमा ४२ करोड रुपैयाँ दिने सर्तमा आयोजनाको जिम्मेवारी लिने प्रस्ताव राखेको हो । प्रस्तावित ६ टिमको प्रतिस्पर्धा हुने एनपिएलमा उक्त भारतीय कम्पनीले […]

44 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस् प्रा.ली लाई दिने प्रस्ताव राखेको छ ।

सेभेन थ्री स्पोर्टस् प्रा.ली ले क्यानलाई १० वर्षमा ४२ करोड रुपैयाँ दिने सर्तमा आयोजनाको जिम्मेवारी लिने प्रस्ताव राखेको हो । प्रस्तावित ६ टिमको प्रतिस्पर्धा हुने एनपिएलमा उक्त भारतीय कम्पनीले सबै खर्च र जिम्मेवारी लिनेछ । उक्त कम्पनीले एनपिएल आयोजना वापत क्रिकेट स्टेडियम, पेभिलिएन, रातीमा पनि खेल्न मिल्ने गरि लाइट जडान लगायतका पूर्वाधार विकासमा पनि सहयोग गर्ने सर्त राखेको छ ।

नेपाल हाल ओडिआई मान्यता भएको देश हो । सन् २०२३ सम्म नेपालको ओडिआई मान्यता रहने छ । त्यसपछि ओडिआई मान्यतालाई निरन्तरता दिन क्यानको नीति, संरचना र घरेलु प्रतियोगिताले प्रभाव पार्ने छ । एभरेष्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) नेपालमा तीन फ्रेन्चाइज लिग चल्दै आएका छन् ।

इपिएल र डिपिएलका तीन तथा पिपिएलको दुई संस्करण सम्पन्न भईसकेका छन् । जुन तीनै फ्रेन्चाइज लिग नेपाली बजारले धानेको छ । यी तीनै निजी क्षेत्रका फ्रेन्चाइज लिग क्यान निलम्बन हुँदा चलेका थिए । तर नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यानले भने एनपिएल आफैं आयोजना नगरेर भारतीय कम्पनीलाई दिने प्रस्ताव राखेको छ ।

इपिएल, डिपिएल र पिपिएल त्यो समय निजी क्षेत्रबाट सुरु भएका थिए जुन समय क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रतिबन्ध लगाएको थियो । नेपालसँग ओडिआई मान्यता थिएन । डिभिजन टु र वानमा खेलि रहेको थियो । सन् २०१६ मा आमिर अख्तरले नेपालको पहिलो फ्रेन्चाइज लिग इपिएल गराएका थिए । त्यसको एक वर्ष पछि धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले डिपिएल धनगढीमा सफलतापुर्वक सम्पन्न गरे ।

सन् २०१८ मा क्विन्स इभेन्ट्स म्यानेजमेन्टले पोखरामा पिपिएल गरेको थियो । यी तीन सफलता पुर्वक सम्पन्न भएका छन् । कोरोना माहामारीको कारण डिपिएल र इपिएलको चौथो संस्करण तथा पिपिएलको तेस्रो संस्करण आयोजना अन्यौलमा छ । यी तीनै फ्रेन्चाइज लिग नेपाली बजारले चलेका छन् । आगमी दिनमा चल्ने तयारीमै छन् । तीन फ्रेन्चाइज लिग स्वदेशले धानी रहेको बेला क्यानले एनपिएल भारतीय कम्पनीलाई १० वर्षसम्म दिने प्रस्तावनै चौतर्फी आलोचना भइरहेको छ ।

पिपिएलमा नमस्ते बियर, डिपिएलमा रुस्लान र इपिएलमा टिभिएसले मुख्य प्रायोजक छन् । एनपिएल आयोजनासँगै नेपालमा चार फ्रेन्चाइज लिग हुने छन् । व्यापारिक क्षेत्र र खेल तालिकासँगै क्यानको नियमले अब चारै फ्रेन्चाइज लिग भने सम्भव देखिदैन । क्यानले अन्य तीन फ्रेन्चाइज लिगलाई कसरी लान्छ निकै महत्वपूर्ण रुपमा हेरिएको छ । १० वर्ष सम्म एनपिएल आयोजना भारतीय कम्पनीलाई दिने हचुवाकै भरमा प्रस्ताव लिएको छ ।

डिपिएल, इपिएल र पिपिएल भन्दा एनपिएल ठूलो लिग हो । क्यानले चाहेको खण्डमा यी तीन फ्रेन्चाइज लिगलाई बन्द गर्न सक्छ । यी तीन लिगले पाइरहेको भन्दा एनपिएलले ठूलो प्रायोजक पाउनेमा कुनै दुविधा छैन । त्यसको लागि क्यानले पहल र मिहिनेत भने कडा गर्न गर्नुपर्छ । तर क्यान यस्तो जोखिम मोल्न चाहँदैन । प्रायोजक पाइदैन कि भन्ने चिन्ता छ । आफूले आयोजना गर्दा ती तीन फ्रेन्चाइज लिग स्तरको गर्न नसकिने हो की भन्ने डरको भुमरीमा देखिन्छ ।

डिपिएल, इपिएल, पिपिएलमा लगानी गरेका कम्पनीलेनै एनपिएलमा लगानी गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् । ती कम्पनीसँग कुरा गर्दा ७० लाख भन्दा वर्षको दिन कोहि अघि नबढेको चन्दको जवाफ छ । वर्षमा ७० लाख पाउन भन्दा ४ करोड आउने सहि रहेको चन्द भन्छन् ।

‘कम्पनी जो सुकै होस् । क्यानको स्वामित्वमा लिग हुन्छ । नेपाली खेलाडी र नेपाल क्रिकेटको हितमा हुने गरि सम्झौता गर्छौ । अहिले चलि राखेको जस्तो एनपिएल होईन । विश्वस्तरिय क्यारेबियन प्रिमियर लिग स्तरको गर्न खोजिएको हो । अहिलेको जस्तो भए त किन गर्न पर्यो । खेलाडीलाई पनि लाभ होस् । पुर्वधारको पनि विकास होस् भन्ने उदश्यले गर्न प्रस्ताव राखेको हो’, चन्दले भने ।

क्यानले एनपिएलमा विदेशी कम्पनीलाई दिँदा दीर्घकालिन असर पर्न सक्छ । नेपाली राष्ट्रिय खेलाडी, जर्सी, प्रदेश तथा जिल्ला प्रतियोगिता, लगायतका विभिन्न क्षेत्रमा क्यानले आगमी दिनमा प्रायोजक खोजेर आर्थिक पाटो बलियो कसरी बनाउँछ प्रश्न उठ्छ । अर्कोतर्फ क्यानले १० वर्षको लागि एकै पटक सम्झौता गर्न खोजेको छ । आगमी १० वर्षमा नेपाली क्रिकेट टोलीको टेष्ट मान्यता पाउने लक्ष्य छ । आगमी विश्वकप खेल्ने सपना देखेको नेपालको स्तर दुई तीन वर्षमै फेरिन सक्छ ।

अहिले पनि पहल गर्न सक्ने हो भने क्यानले करोडको प्रायोजन पाउन कठिन भने देखिदैन । आगमी वर्षहरुमा अहिलको प्रायोजक रकम क्यानको लागि सामान्य हुन सक्छ । एउटा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्दैन भने क्यान हुनुको औचित्य के रह्यो भन्ने प्रश्न उठ्छ । क्यान घाटा नाफाको हिसाबमा छ । तर क्यानले एनपिएललाई अन्तर्राष्ट्रिय क्रिकेट बजारमा आफ्नो स्तर कसरी फरक बनाउने भन्ने कुनै सोच बनाएको छैन ।

क्यानले एनपिएललाई एक उत्कृष्ट लिग बनाउन सके विदेशी प्रायोजक र ब्रोडकाष्ट आफै प्रतिस्पर्धा गर्नेछन् । जसका लागि क्यानले त्यहि स्तरमा प्रतियोगिता गराउन सक्नुपर्छ । दीर्घकालिन रुपमा पनि बलियो हुन पुग्छ । भारतीय कम्पनीलाई दिने निर्णय तत्कालिनको लागि फाइदा देखिरहेको क्यानले दीर्घकालिन असर भने भुसुक्कै विर्सेको छ ।

नेपाली समर्थकको क्रिकेट माया र साथ विश्वमै उदाहरणीय छ । जुन माया, साथ र सहयोगलाई आर्थिक रुपमा बदल्न यी प्रतियोगिता अवसर हुन् । घरेलु र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा समर्थकले राम्रो साथ दिँदै आएका छन् । विश्वस्तरिय खेलाडी एनपिएलमा ल्याउन सक्ने हो भने क्यानले टिकटबाटै करोडौं कमाउन सक्छ ।

६ टिमले लिगमा प्रतिस्पर्धा गर्दा फाइनल सम्म कुल १९ खेल हुन्छन् । एक खेलमा औसतमा ३ हजार टिकट बिक्री भएमा प्रतियोगिताभर ५७ हजार टिकट बिक्री हुने गर्दछ । एउटा टिकटको मूल्य एक सय रुपैयाँ राख्ने हो भने मात्रै पनि कुल ५७ लाख रुपैयाँ आम्दानी हुन्छ । दुई सयका दरले बेच्ने हो भने कुल १ करोड १४ लाख रुपैयाँ टिकटबाट आम्दानी हुन्छ । तर टियू मैदानमै दशौं हजार संख्यामा दर्शक उपस्थित भएको दृश्य सामान्य हुन्छ ।

सोझो अर्थमा क्यानले टिकटबाट पनि करोडौं रुपैयाँ वार्षिक कमाउन सक्छ । जुन पैसा नेपाली क्रिकेट विकासमा ठूलो योगदान पुर्याउने छ । विदेशी कम्पनीलाई दिँदा करोडौं रुपैयाँ टिकटबाटै बाहिरिने छ । अर्कोतर्फ क्यानले आफूले गर्न नसक्ने भएपछि खुल्ला प्रतिस्पर्धा गराउनु पर्ने थियो । जसबाट स्वदेशी कम्पनीले एकै वर्षमा करोडौं रुपैयाँ क्यानलाई दिन राजी हुने देखिन्छ । तर क्यानले कुनै प्रतिस्पर्धा विना स्वतः बेच्ने प्रस्तावले थप प्रश्न उब्जाएको छ । स्वभाविक पनि हो ।

क्यानकी पूर्व सिइओ भावना घिमिरेले २ करोड नेपाली क्रिकेटका लागि ठूलो कुरा नभएको बताएकी छिन् । ‘पाँच वर्ष अघि मेरै कार्यकालमा एउटा साधारण राष्ट्रिय स्तरको खेलको लागि झण्डै पौने करोडको टाइटल स्पोन्सर भेटिएको थियो । अहिले क्यानले आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको एक्सक्लुसिभ फ्रेन्चाइज लिग एनपिएलको लागि दुई करोड कुनै पनि हालतमा ठूलो रकम होईन,’ घिमिरको यस भनाईबाट पनि नेपालकै कम्पनीले ठूलो रकम खर्चिन सक्छन् ।

फ्रेन्चाइज लाइसेन्स फि लिएर आउँदा आयोजना मार्फत आउने सबै रकम क्यानलाई नआउने, पूर्व कप्तान पवनकुमार अग्रवाल बताउँछन् । ‘सबै बेनिफिट क्यानमा आउँदैन । त्यसैले क्यानलेनै आफैं गर्नुपर्छ । लिग आफैंले गर्नुपर्छ । एउटा कम्पनीलाई सबै कुरा व्यवस्थापन गर भनेर जिम्मा दिँदा हुन्छ । नेपालमा हुनुपर्ने खास एउटा लिग हो । तीन वटा लिग जुन बेला बोर्ड थिए त्यो बेला भए । त्यो राम्रो भयो । बोर्ड आइ सकेपछि नेपालका लिगबाट कमाउने सबै पैसा क्रिकेट विकासमा जानुपर्छ’, अग्रवालले भने ।

वार्षिक चार करोडको लोभमा आम्दानीको प्रमुख स्रोत खेर फाल्न लागेको क्यानलाई थाहा छैन । एनपिएल नाममा मात्रै सिमित हुनु हुँदैन । एनपिएल नेपालको यस्तो प्रतियोगिता होस् हरेक खेलाडी राष्ट्रिय टोली भन्दा पहिला खेल्ने सपना राखुन् । एउटा खेलाडीको लागि राष्ट्रिय टोलीमा पुग्ने सबैभन्दा ठूलो अवसर बनोस् ।

नेपाल मात्र होईन विश्वका खेलाडी नेपालको एनपिएल खेल्ने इच्छा, चाहना र रोजाईमा परोस् । यसो हुन सकेमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाली क्रिकेटले ठूलो फड्को मार्ने छ । नेपाली क्रिकेट राम्रो हुन्छ भने क्यान स्वत राम्रो हुनेमा कुनै शंका रहँदैन । त्यसको लागि क्यानले सबै स्वार्थ त्यागी कडा मिहिनेत, त्याग, परिश्रम र धैर्यता भने कार्य गर्न सक्नुपर्छ ।

अन्यथा एनपिएल हुनु र नहुनुमा नेपाली क्रिकेटले फरक अनुभव गर्ने छैन । एनपिएल देखाउने र खाने भाडो बनाउने होईन नेपाली क्रिकेटको मुहार फर्ने अवसरको रुपमा स्थापित गर्न आवश्यक देखिन्छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.