default_image

5 years ago

November 24, 2020

पारस आइसीसीको दशक अवार्डको मनोनयनमा

326 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन् ।

आइसीसीले दशकभर उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न शिर्षकमा सम्मानित गर्न लागेको हो । स्पिरिट अफ क्रिकेट, आइसिसी एसोसियट क्रिकेटर, आइसिसी महिला एसोसियट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर, ओडिआई पुरुष र महिला क्रिकेटर, टेष्ट क्रिकेटर, लगायत विधाको मनोनयन सार्वजनिक गरेको छ । आइसिसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई सम्मानित गर्न लागेको हो । आइसिसीले अवार्ड मिति भने तोकेको छैन ।

पारससँगै स्कटल्यान्डका काइल कोट्जर, कलुम म्याकलेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचिमा छन् । पारस नेपाललाई डिभिजन पाँच देखि ओडिआई मान्यता सम्म पुर्याउने कप्तान हुन् । त्यस्तै पारसको कप्तानीमा नेपालले पहिलो पटक टि२० विश्वकप २०१४ मा खेलेको थियो ।

आइसिसीले पुरुष प्लेयर अफद दशकमा भारतीय स्पिनर रविचन्द्रन आश्विन, कप्तान विराट कोहली, इंग्ल्यान्डका जो रुट, दक्षिण अफ्रिका एबी डिभिलियर्स, श्रीलंका कुमार संगाकारा, अष्ट्रेलिया स्टिभ स्मिथ र न्युजिल्यान्डका केन विलियम्सनको नाम मनोनित सूचिमा परेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.