5 years ago
November 24, 2020
एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर तथा पूर्व कप्तान सकीब अल हसनले बंगबन्धु टि२० कप मार्फत क्रिकेटमा पूनरागमन गरेका छन् ।

सकीबलाई गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा एक वर्ष प्रतिबन्ध लगाएको थियो । सकीबले मंगलबार बंगलादेश क्रिकेट बोर्डले आयोजना गरेको बंगबन्धु टि२० कपमा मंगलबारबाट सुरु भएको उक्त प्रतियोगिता दोस्रो खेलमा खुल्नाबाट बारिशलविरुद्ध खेल्दै १३ महिनापछि क्रिकेटमा पूनरागमन गरेका हुन् ।
सकीबले पछिल्लो पटक क्रिकेट अक्टोबर १० मा क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा बार्बाडोसबाट ट्रिनबेगो नाइट राइडर्सविरुद्ध खेलेका थिए । प्रतिबन्धसँगै सकीब अमेरिकामा बस्दै आएका थिए ।
बंगलादेशका सर्वाधिक सफल अलराउन्डर सकीबले मंगलबार पुनरागमन खेलमा खुल्नालाई ४ विकेटको जित दिलाउन औसत प्रर्दशन गरे । उनले बलिङतर्फ ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा ब्याटिङमा १३ बलमा २ चौका प्रहार गर्दै १५ रनमा आउट भए । सकीबले बारिशलका अफिफ हुसैनलाई क्याच आउट गराएका थिए । योसँगै उनका समर्थक र सुभचिन्तकको मैदानमा फर्किने पर्खाईको अन्त्य भएको छ ।
सकीबले बंगलादेशका लागि अन्तिम खेल पछिल्लो पटक सेप्टेम्बरमा अफगानिस्तानविरुद्ध टि२० खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए । जिम्बावे र अफगानिस्तानबीचको टि२० त्रिकोणात्मक सिरिजमा सकीब उक्त अफगानविरुद्ध ७० रनमा अविजित रहँदै बंगलादेशलाई ४ विकेटको जित दिलाएका थिए ।
सकीबले सन् २०१९ को विश्वकपमा ८ खेलमा ६ सय ६ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा रहेका थिए । त्यस्तै ११ विकेट लिएका थिए । सकीब एकै विश्वकपमा १० भन्दा बढी विकेट र ६ सय रन बनाउने एक्लो खेलाडी हुन् । सकीब १५ महिना देखि अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि आइसिसीको ओडिआई अलराउन्डर वरियतामा शीर्षस्थानमै छन् ।
सकीबको प्रतिबन्धपछि बंगलादेशले ६ ओडिआई, ८ टि२० आई र ११ टेष्ट खेल खेलेको थियो । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय खेलकुद क्षेत्र प्रभावित बन्दा सकीबले धेरै खेलहरु भने गुमाउनु परेन । कोरोना महामारीको कारण सकीब प्रतिबन्धको कम मारमा पर्नु पर्यो ।
सकीबले अन्तर्राष्ट्रिय खेलमा आगमी जनवरीमा वेस्टइन्डिजविरुद्ध पूनरागमन गर्ने सम्भावना छ । बंगलादेशले जनवरी अघि अन्तर्राष्ट्रिय खेल खेल्ने छैन । सन् २००६ देखि बेंगलादेशको लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका ३३ वर्षिय सकीबले ५६ टेष्ट, २ सय ६ ओडिआई र ७६ टि२० आई खेलेका छन् । सकीब बंगलादेशका सर्वाधिक सफल खेलाडी पर्छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]