5 years ago
November 29, 2020
एजेन्सी – युवा ब्याट्सम्यान ग्लेन फिलिप्सको उत्कृष्ट शतकमा न्युजिल्यान्डले दोस्रो टि२० खेलमा वेस्टइन्डिजलाई २ सय ३९ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनायो । न्युजिल्यान्डलाई विशाल योगफलमा पुर्याउन ग्लेन फिलिप्सले ५१ बलमा १० चौका र ८ छक्का सहित १ सय ८ रनको उत्कृष्ट शतकीय इनिङ खेले । फिलिप्स अन्तिम ओभरको पाँचौ बलमा क्याच आउट हुन पुगेका थिए । फिलिप्सले ४६ बलमा आफ्नो पहिलो टि२० आई शतक पूरा गरेका थिए ।
यो सँगै फिलिप्स न्युजिल्यान्डबाट टि२० आईमा सर्वाधिक छिटो बलमा शतक प्रहार गर्ने कीर्तिमान पनि बनाएका छन् । समग्रमा न्युजिल्यान्डबाट टि२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि न्युजिल्यान्डबाट कोलिन मुनरो, मार्टिन गुप्टिल र ब्रेन्डन म्याकुलमले टि२० आईमा शतक प्रहार गरेका छन् । मुनरोले ३, गुप्टिल र म्याकुलमले २—२ टि२० आई शतक प्रहार गरेका छन् ।
डेवन कन्वे ३७ बलमा ४ चौका र ४ छक्का सहित ६५ रनमा अविजित रहे । कन्वेको यो दोस्रो टि२० आई खेल हो । तेस्रो विकेटका लागि फिलिप्स र कन्वेले ८५ बलमा १ सय ८४ सय रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।
न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र विकेटकिपर टिम सिफर्टले पहिलो विकेटका लागि ५.४ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । सिफर्टलाई तीव्र गतिका बलर ओशेन थोमसले १८ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सिफर्टले १३ बलमा ३ चौका प्रहार गरे ।
सातौं ओभरको दोस्रो बलमा स्पिनर फेबिएन एलेन विकेटकिपर निकोलस पुरनबाट गुप्टिललाई ३४ रनमा क्याच आउट गराए । गुप्टिलले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे । वेस्टइन्डिजका लागि फेबिएन एलेन, काइरन पोलार्ड र ओशेन थोमसले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]