5 years ago
November 29, 2020
एजेन्सी – अष्ट्रेलियाका शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथले भारतविरुद्ध लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

पहिलो ओडिआई खेलमा १ सय ५ रनको शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका स्मिथले दोस्रो खेलमा पनि सानदार शतक प्रहार गर्दै विशाल योगफलको बाटो देखाएका छन् । स्मिथले ६२ बलमा आफ्नो ओडिआई करिअरको ११ औं शतक पूरा गरे । यसअघि पनि पहिलो खेलमा ६२ बलमै शतक पूरा गरेका थिए ।
स्मिथ शतक बनाए लगत्तै अर्को ओभरमा आउट भए । उनले ६४ बलमा १४ चौका र २ छक्का सहित १ सय ४ रनको योगदान दिए । उनी हार्दिक पान्ड्याको बलमा शामीको हातबाट क्याच आउट भए । तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले १ सय ३६ रनको साझेदारी गरे । मार्नस लाबुसेन ३९ रनमा खेलिरहेका छन् ।
सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली अष्ट्रेलियाले सुरुवाती ४१.२ ओभरमा ३ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको छ । ओपनर आरोन फिन्च र डेभिड वार्नरले दोस्रो खेलमा पनि लगातार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । फिन्च र वार्नरले पहिलो विकेटका लागि २२.५ ओभरमा १ सय ४२ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका हुन् ।
मोहम्मद सामीको बलमा एज लागेर फिन्च एक्स्ट्रा कभरमा कप्तान विराट कोहलीबाट क्याच आउट हुन पुगे । फिन्चले ६९ बलमा ६ चौका र १ छक्का सहित ६० रन जोडे । २६ औं ओभरको तेस्रो बलमा दुई रन लिने क्रममा डेभिड वार्नरलाई श्रेयस ऐरले डाइरेक्ट स्टम्पमा ताक्दै रन आउट गरेपछि शतक बनाउन चुके । डेभिड वार्नर ७७ बलमा ७ चौका र ३ छक्का सहित ८३ रनमा रन आउट भए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]