5 years ago
November 29, 2020
एजेन्सी – दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान बोल्याण्ड पार्क, पार्लमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।

दक्षिण अफ्रिकाका रास्सी भान डर डुसेन २९ बलमा २५ र कागिसो रबाडा ५ रनमा अविजित रहे । तल्लोक्रमका युवा अलराउन्डर जर्ज लिन्डेले २० बलमा २ चौका र १ छक्का सहित २९ रनमा रन आउट भए । कप्तान तथा विकेटकिपर क्विन्टन डी ककले १८ बलमा ३ चौका र १ छक्का सहित ३० रनमा आउट भए ।
चौथो ओभर चौथो बलमा जोफ्रा आर्चरले ओपनर टेम्बा बभुमालाई १३ रनमा बोल्ड आउट गरेका थिए । छैटौं ओभरको दोस्रो बलमा क्रिस जोर्डनले कप्तान क्विन्टन डी ककलाई टम करनबाट क्याच आउट गराएपछि सुरुवातमै दबाबमा परेको थियो । नवौं ओभरको अन्तिम बलमा रिजा हेन्ड्रिक्सलाई स्पिनर आदिल राशिदले १६ रनमा बोल्ड आउट गर्दा ६५–३ को कमजोर अवस्थामा पुगेको थियो ।
राशिदको ११ औं ओभरको पहिलो बलमा फाफ डु प्लेसिसलाई विकेटकिपर जस बटलरले ११ रनमा स्टम्पिङ आउट गराए । हेनरिक्स क्लासेन खराब सट खेल्दै बेन स्टोक्सबाट ७ रनमा क्याच आउट हुँदा ९५–५ को अवस्थामा पुगेको थियो ।
छैटौं विकेटका लागि लिन्डे र डुसेनले ३२ बलमा ४२ रनको साझेदारी गरेका थिए । इंग्ल्यान्डका आदिल राशिदले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चर, टम करन र क्रिस जोर्डनले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]