default_image

5 years ago

November 29, 2020

मलानको अर्धशतकमा इंग्ल्यान्डलाई सिरिज उपाधि

142 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानको अर्धशतकको सहयोगमा इंग्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ ।

दोस्रो टि२० खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डका डेविड मलानले ४० बलमा ७ चौका र १ छक्का सहित ५५ रनको योगदान दिए ।

कप्तान ओईन मोर्गन १७ बलमा ३ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । ओपनर जेसन रोय १४, जस बटलर २२, जोनी बेयरस्टो ३ र बेन स्टोक्स १६ रनमा आउट भए । दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाको नाममा एक विकेट लिए ।

त्यअअघि घरेलु मैदान बोल्याण्ड पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रास्सी भान डर डुसेन २९ बलमा २५ र कागिसो रबाडा ५ रनमा अविजित रहे ।

तल्लोक्रमका युवा अलराउन्डर जर्ज लिन्डेले २० बलमा २ चौका र १ छक्का सहित २९ रनमा रन आउट भए । कप्तान तथा विकेटकिपर क्विन्टन डी ककले १८ बलमा ३ चौका र १ छक्का सहित ३० रनमा आउट भए ।

चौथो ओभर चौथो बलमा जोफ्रा आर्चरले ओपनर टेम्बा बभुमालाई १३ रनमा बोल्ड आउट गरेका थिए । छैटौं ओभरको दोस्रो बलमा क्रिस जोर्डनले कप्तान क्विन्टन डी ककलाई टम करनबाट क्याच आउट गराएपछि सुरुवातमै दबाबमा परेको थियो । नवौं ओभरको अन्तिम बलमा रिजा हेन्ड्रिक्सलाई स्पिनर आदिल राशिदले १६ रनमा बोल्ड आउट गर्दा ६५–३ को कमजोर अवस्थामा पुगेको थियो ।

राशिदको ११ औं ओभरको पहिलो बलमा फाफ डु प्लेसिसलाई विकेटकिपर जस बटलरले ११ रनमा स्टम्पिङ आउट गराए । हेनरिक्स क्लासेन खराब सट खेल्दै बेन स्टोक्सबाट ७ रनमा क्याच आउट हुँदा ९५–५ को अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि लिन्डे र डुसेनले ३२ बलमा ४२ रनको साझेदारी गरेका थिए । इंग्ल्यान्डका आदिल राशिदले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चर, टम करन र क्रिस जोर्डनले एक एक विकेट लिए । पहिलो खेलमा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टि२० आई खेल मंगलबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.