5 years ago
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा यू१९ टोलीका प्रशिक्षक विनोद दासले नेपाल क्रिकेट संघ (क्यान) को क्रिकेट म्यानेजर पद सम्हाल्ने लगभग निश्चित जस्तै भएको छ ।

क्यानले गत भदौमा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक सहित, जनरल म्यानेजर (महाप्रबन्धक), चिफ फाइनन्स अफिसर (वित्त प्रमुख), ७ प्रदेशलाई ७ प्रशिक्षक (स्थानिय प्रशिक्षक), क्रिकेट म्यानेजर (क्रिकेट व्यवस्थापक) को लागि खुल्ला दरखास्त आवदेन मागेको थियो । जसमा म्यानेजरमा पूर्व कप्तान विनोद दासमात्रै अन्तर्वार्ताको लागि योग्य रहेको स्रोतले जनाएको छ ।
क्रिकेटले म्यानेजरमा पूर्व कप्तान दास पाउने लगभग पक्का जस्तै छ । क्यानले मुख्य प्रशिक्षक सहित क्रिकेट म्यानेजर सम्मको अन्तरवार्ता लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई पठाएको छ । आइसीसीले स्वीकृती दिएपछि सबैको नाम एकै पटक घोषणा गर्ने तयारी गरिरहेको छ ।
स्रोतका अनुसार क्रिकेट म्यानेजरमा ५ जनाले मात्र आवेदन दिएका थिए । क्यानले मागेको योग्यता पुगेका एक्ला दाबेदार दास मात्रै अन्तरवार्तामा सहभागी थिए । क्यानले म्यानेजरका लागि कम्तिमा इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल टु कोचिङ गरेको हुनु पर्ने, म्यानेजमेन्टमा वा प्रसासनमा मास्टर डिग्रि विश्वविद्यालयबाट गरेको हुनुपर्ने, कम्तिमा दुई वर्ष नेतृत्व (लिडरसिप) गरेको हुनुपर्ने र ५५ वर्ष नकाटेको नेपाली नागरिक हुनुपर्ने माग राखेको थियो ।
जसमा पाँच जनाको आवेदन पर्दा अन्य चार जना क्यानले तोकेको योग्यतामा नहुँदा सुरुवाती चरणबाटै बाहिरिएका थिए । पारिश्रमिक भने अझै निश्चित भएको छैन ।

विनोद दास नेपालका लागि सफल कप्तानमध्यमा हेरिन्छन् । सन् १९९७ देखि यू१९ टोलीबाट नेपाली क्रिकेट टोलीको यात्रा गरेका दासले सन् २००० मा राष्ट्रिय टोलीमा संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्ध डेब्यू गरेका थिए । २००५ देखि २००८ सम्म राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । सन् २०१२ सम्म राष्ट्रिय टोलीमा खेलेका थिए ।
पछिल्लो चार वर्षयता विनोद यू१९ को मुख्य प्रशिक्षकमा काम गर्दै आएका छन् । उनको प्रशिक्षकमा नेपालले सन् २०१७ मा यू१९ एसिया कपमा भारतलाई पहिलो पटक हराएको थियो । सन् २०१९ मा राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेका थिए । पछिल्लो समय राष्ट्रिय टोलीमा युवा खेलाडीको बाहुल्यता देखिनुमा पनि विनोद दासको प्रशिक्षणको प्रभाव मानिन्छ ।
क्रिकेटको महाप्रबन्धकमा भने कुल ४५ जनाले आवेदन दिएका थिए । जसमा क्यानले ७ जनाको अन्तरवार्ता लिएको थियो । जसमा तीन जनाको नाम चर्चामा बढी छ । क्यान निलम्बन हुँदा आइसीसीको प्रतिनिधिको रुपमा काम गरेको रौनक मल्ल, इंग्ल्यान्डमा वसोबास गर्दै आएका प्रशान्त कुँवर र भारतमा बसोबास गर्दै आएका योगेश सापकोटा मध्य एकको सम्भावना रहेको स्रोतले बताएको छ । जसमा रौनकको सम्भावना बढी छ ।
नेपालको मुख्य पशिक्षक बन्न कुल ७२ जनाले रुचि देखाएका थिए । जसमा क्यानले १५ जनाको नाम अन्तरवार्ताको लागि छोटाएको थियो । जसमा अन्तरवार्तामा १२ जना उपस्थित रहेका थिए । अष्ट्रेलिया पूर्व क्रिकेटर तथा सन् १९९९ मा श्रीलंकालाई विश्वकप जिताएका डेभ वाटमोर र भारतीय अपुर्व देशाई मध्य एक को सम्भावना छ ।
नोट : यसअघि हेडलाइनमा क्रिकेट म्यानेजेर हुनुपर्नेमा अन्यथा पर्न गएकोले सच्याइएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]