9 years ago
September 26, 2016
पहिलो दिन बर्षाले प्रवाभित भएपछी दोस्रो दिनको खेलहरुमा दोस्रो ब्याटिङ गर्ने टिमहरुले जित हात पारेका छन ।

तश्बिर – CricketingNepal.com
पहिलो खेलमा टस जितेर पन्चकन्या तेजले बलिङ रोज्यो । सोमपाल कामिको २० बलमा ४३ रनको योगदानले जगदमबा राइनोसले २० ओभरमा ४ विकेट खर्चिदै १२९ रन बनायो ।
जवाफमा पृथु बास्कोटाको ४८ रनको मद्धतले १९ ओभरमा ४ विकेटको छ्यतिमा पन्चकन्या तेजले आफ्नो लक्ष्य पुरा गर्यो । आरिफ शेखले २६ बलमा अभिजित ३३ रनको योगदान दिए ।
पहिलो इनिङमा राम्रो ब्याटिङ गरेका सोमपाल कामिले ४ ओभरमा १ म्याडेन दिदै २ विकेट लिए पनि उनको टोलिले जित्न सकेन ।
दोस्रो खेल
दोस्रो खेलमा कान्तिपुर गुर्खाजले सगरमाथा लेजेन्ड्सलाई सहजै पराजित गर्यो । बिनोद भन्डारिको कप्तानिमा रहेको सगरमाथा लेजेन्ड्स पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाउन सफल भयो । लेजेन्ड्स्को लागी सर्वादिक रन मेहेबुब आलामाले (२३) हाने ।
गुर्खाजको लागी कप्तान बसन्त रेग्मिले ४ ओभरमा १३ रन दिदै ३ विकेट लिए ।
दोस्रो ब्याटिङ गर्दै १२५को लक्ष्य पस्छ्याएको कान्तिपुर गुर्खासले १५ ओभरमा ३ विकेट गुमाउदै सहजै आफ्नो लक्ष्य पुरा गर्यो । जितको लागी प्रदिप ऐरे र सुबास खकुरेलको ९३ राणाको साझेदारी महत्वपुर्ण रह्यो । ऐरेले ३९ बलमा ५५ रन जोडे भने खकुरेलले २८ बलमा ३५ रनको योगदान दिए ।
तेसो दिनमा पन्चकन्या तेज र तेज र कलर्स एक्स-फ्याक्टर्स भिड्दै छन भने दोस्रो खेलमा बिशाल वारियर्सले र सगरमाथा लेजेन्ड्सको सामना गर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]