5 years ago
January 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफले नेपाली क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको लागि १५ सदस्य टोली घोषणा गरेको छ ।

गत वर्ष एपिएफ स्पिनर वसन्त रेग्मीको कप्तानीमा पिएमकप खेलेको थियो । एपिएफको घोषणा टोलीमा स्पिनर भुवन कार्कीले पूनरागमन गरेका छन् । युवा तीव्र गतिका बलर किशोर महतो, स्पिनर सूर्य तामाङ र युवा ब्याट्सम्यान रित गौतम पहिलो पटक एपिएफबाट खेल्ने भएका छन् । गत वर्ष सेमिफाइनलबाट बाहिरिएको एपिएफले यस पटक बलियो टोली निर्माण गर्दै घोषणा गरेको छ ।
प्रधानमन्त्री कप माघ २ देखि १७ सम्म टीयू मैदानमा हुँदै छ । एपिएफ समूह ‘ए’ मा छ । समूह ‘ए’ मा एपिएफसँगै त्रिभुवन आर्मी, गण्डकी, प्रदेश १, कर्णाली छन् । गत वर्ष एपिएफ सेमिफाइनलमा पुलिससँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो । दोस्रो संस्करणमा आर्मीलाई ६ विकेटले हराउँदै एपिएफले उपाधि जितेको थियो ।
एपिएफले माघ ३ मा प्रदेश १ विरुद्ध टीयूमा खेल्दै सुरुवात गर्ने छ । माघ ८ मा एपिएफले मुलपानीमा गण्डकीसँग खेल्ने छ । माघ १० मा कर्णाली र माघ १२ मा आर्मीसँग टीयूमा खेल्ने छ ।
एपिएफको टोली : शरद भेषावकर (कप्तान), वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सूर्य तामाङ र अभिनास बोहरा
यो पनि : शरदले एपिएफको कप्तानी गर्ने
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]