default_image

9 years ago

September 27, 2016

सोमपालको अल राउन्ड प्रदर्शनमा जगदम्बा राइनोज बिजयी

142 views

0 Bookmark

सोमपाल कामिको म्यान अफ द म्याच प्रदर्शनमा जगदम्बा राइनोजले कान्तिपुर गुर्खाजलाई ११ रनले जित्न सफल भएको छ ।

टस हार्दै पहिलो ब्याटिङ गरेको राइनोजले निर्धारित २० ओभरमा ८ विकेटको छ्यतिमा १२४ रन बनायो । राइनोजको ब्याटिङमा सोमपाले ४४ रन हान्दै सर्वाधिक रन जोडे । उनले, ३० बल खेल्दै ४ छक्काको मद्धतले सो योगदान दिएका हुन ।

टि-२० क्रीकेटमा उक्त योगफल पर्याप्त नमानिएपनि, कान्तिपुर गुर्खाजका टप अर्डर ब्याट्स्म्यानहरुले ठुलो सट खेल्न नसकेपछी सन्दिप झोराको २८ बलको ४२ रन छायामा परेको हो । गुर्खाजले निर्धारित २० ओभरमा ११३ रन मात्र बनाउन सफल भयो ।

बलिङमा पनि राम्रो प्रदर्शन गर्दै कामिले ४ ओभरमा २१ रन दिदै १ विकेट लिए । अन्तिम २ ओभरमा ३८ रन चाहिएको स्तिथिमा सोमपलले १९ ओभरमा ३ रन मात्र दिदै राइनोजको जित सहज बनाएका थिए । त्यस्तै शक्ती गौचन, पवन श्रफ र प्रेम तामंगले २ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.