default_image

9 years ago

September 27, 2016

इपीएलमा ज्ञानेन्द्रको एक्स फ्याक्टर्स र शक्तिको राइनोज विजयी

131 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एभेरेष्ट प्रिमिएर लिग अन्तर्गत आज टि.यु. मैदानमा भएको खेलमा राइनोजले गुर्खाजलाई ११ रनले पराजित गर्यो।

epl-basanta-regmi-kantipur

खेलमा पहिलो ब्याटिङ्ग गरेको राइनोजले ८ विकेटको नोक्सानीमा १२४ रन जोडेको थियो। राइनोजका लागि सोमपाल कामीले सर्वाधिक ४४ रन जोडेका थिए। उनले बलिङ्गतर्फ एक विकेट लिदैं म्यान अफ द म्याच पनि घोषित भए गुर्खाजको लागि ब्याटिङ्ग सम्हालिन नसक्दा निर्धारित २० ओभरमा ११३ रन मात्र जोड्न सक्यो।

दिनको दोश्रो खेलमा एक्स फ्याक्टर्सले सगरमाथा लेजेण्डसमाथि ९ रनको जित दर्ता गर्यो। पहिलो ब्याटिंग गरेको एक्स फ्याक्टर्सले कप्तान ज्ञानेन्द्र मल्लको ५२ र राजेश पुलामी मगरको ५६ रन्को मद्दतले १६८ रनको विशाल योगफल तयार परेको थियो। प्रतियोगितामा उत्कृष्ट लयमा देखिएका ब्याट्सम्यान सूनिल धमलाले ४६ र कप्तान विनोद भण्डारीले ४८ रन बनाएपनि लेजेण्डसले जित हासिल गर्न सकेन। लेजेण्डसको पारि २० ओभरमा सात विकेटको नोक्सानीमा १५९ रनमा टुंगियो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.