default_image

3 years ago

January 19, 2021

मैदानमै जमेको गुरु-चेलाको साझेदारी

भुपेन्द्र जिसी, काठमाडौं गुरु र चेला एकसाथ मैदान उत्रेको बिरलै देखिन्छ । अझ एकसाथ खेलेर टोलीको लागि योगदान दिँदाको क्षण दुवैको लागि विशेष हुन्छ । मंगलबार मुलपानी मैदानमा गण्डकी प्रदेशले कर्णालीसँग पराजय भोगेपनि पहिलो इनिङमा गुरु राहुल उपाध्याय र चेला अर्जुन कुमालको साझेदारीले राम्रो आधार खडा गरेको थियो । कुनैपनि खेलाडीलाई कस्तो बनाउने भन्ने प्रशिक्षकको हातमा […]

74 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

गुरु र चेला एकसाथ मैदान उत्रेको बिरलै देखिन्छ । अझ एकसाथ खेलेर टोलीको लागि योगदान दिँदाको क्षण दुवैको लागि विशेष हुन्छ । मंगलबार मुलपानी मैदानमा गण्डकी प्रदेशले कर्णालीसँग पराजय भोगेपनि पहिलो इनिङमा गुरु राहुल उपाध्याय र चेला अर्जुन कुमालको साझेदारीले राम्रो आधार खडा गरेको थियो ।

कुनैपनि खेलाडीलाई कस्तो बनाउने भन्ने प्रशिक्षकको हातमा हुन्छ । हरेक प्रशिक्षकलाई आफ्नो खेलाडी चर्चित र उत्कृष्ट बनोस् भन्ने चाहना हुन्छ । गुरु र चेलासँगै क्रिकेट कमै मात्रमा खेल्न पाउँछन् । सँगै खेल्ने अवसरमा उमेरसँगै क्षमता पनि धेरै फरक पार्दछ ।

गुरुले सिकाएको कुरा मैदानमा खेलाडीले सबै देखाउँछ भन्ने हुँदैन । तर गुरु र चेला एकसाथ खेल्ने हो भने प्रर्दशन कस्तो रहला ? धेरैको लागि चाखको विषय बन्छ । चेलाले गुरुसँगै खेल्ने अवसर पाएमा पक्कैपनि प्रर्दशन राम्रो हुन्छ ।

मंगलबार टस जितेर ब्याटिङ रोजेको गण्डकी ४२.३ ओभरमा २ सय ४ रनमा अल आउट भएको थियो । मुलपानी मैदान ब्याटिङका लागि सहज मानिदैन । अझ गण्डकीले कमजोर सुरुवात गर्नेक्रममा सुरुवाती ८ ओभरमै २७ रन जाड्न शीर्षक्रमका तीन ब्याट्सम्यान गुमाएको थियो । दीपेश खत्री, समिर कंडेल र दीपक डुम्रे आउट भएपछि १५ वर्षीय ओपनर अर्जुन कुमाललाई साथ दिन पाँचौं नम्बरमा राहुल शर्मा उपाध्याय क्रिजमा आएका थिए ।

राहुल तीनै खेलाडी हुन् जसले अर्जुनलाई ब्याट समाउन सिकाउनदेखि यो स्थानसम्म ल्याए । खराब सुरुवात गरेको गण्डकीलाई अर्जुन र राहुलको जोडीले ८९ रनको साझेदारी गर्दै बलियो योगफलको बाटो देखाए । तर त्यसपछि अन्य खेलाडीले बलियो साझेदारी बुन्न नसक्दा गण्डकी सस्तैमा समेटिएको थियो ।

राहुलकै प्रशिक्षकमा हुर्केका अर्जुनले छोटो समयमा नेपाली क्रिकेटमा ठूलो सम्भावना र आशा देखाएका छन् । उनको खेल्ने शैली, प्रतिभा र क्षमता लिएर नेपाली क्रिकेटमा प्रंशसा दिनप्रतिदिन बढ्दो छ । अर्जुन र राहुलले गण्डकीको विकेट पतनको सिलसिलालाई पूर्णविराम लगाउँदै कर्णालीका बलरलाई दबाबमा राखेका थिए ।

एकतर्फ गुरु र अर्कोतर्फ चेलाको ब्याटिङ मुलपानीमा लोभलाग्दो देखिएको थियो । खेल हेर्न पुगेका दर्शकलाई गुरु चेला हुन् भन्ने पक्कै थाहा थिएन । राहुल अर्धशतक पूरा गरेको केहिबेरमा नै आउट हुन पुगे । २८ औं ओभरको चौथो बलमा राहुल दिवान पुनको एलबिडब्लू धरापमा परे ।

राहुल पेभेलियन फर्कंदा अर्जुन ८३ बलमा ३८ रनमा खेलिरहेका थिए । अर्जुन राष्ट्रिय प्रतियोगितामा पहिलो अर्धशतक नजिक पुगेका थिए । तर दुर्भाग्यवस कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ३४.५ औं ओभरमा ४६ रनमा क्याच आउट गराए ।

गण्डकीले पहिलो खेलमा राहुललाई बेन्चमा राखेको थियो । दोस्रो खेलमा प्रदेश एकविरुद्ध अर्जुन र राहुलले ओपनिङ गरेका थिए । तर राहुललाई दोस्रो ओभरका पहिलो बलमै हेमन्त राईले शून्यमा बोल्ड गरे ।

अर्जुन गण्डकी प्रदेश छनोटमा उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । राहुलले नवलपुरबाट गण्डकी प्रदेश छनोट खेल्दै राम्रो प्रर्दशन गरेका थिए । भारतमा राहुलको आफ्नै एकेडेमी छ । राहुलले अर्जुनलाई नयाँ दिल्लीको जनकपुरीमा रहेको एयरलाइनर क्रिकेट एकेडेमीमा अर्जुनलाई सानैदेखि क्रिकेट सिकाउँदै आएका छन् ।

‘रन बनिरहेको थिएन । आज रन बन्यो । तर दुर्भाग्य टोलीले हार्न पुग्यो । दुवै अन्तिम ओभरसम्म खेल्ने सोचमा थियौं । हामी एकअर्कासँग धेरै खेल खेलेका छौं,’ राहुलले भने, ‘अर्जुनले सानैदेखिनै ओपनिङ गर्दै आएको छ । भारतमा म खेल्न जाने ठाउँमा सँगै लगेर खेलाउछु पनि । ७ वर्ष अघिदेखि नै अर्जुनलाई एकेडेमीबाट सिकाउँदै आएको पनि छु, त्यसैले साझेदारीमा कुनै समस्या आएन ।’

‘ब्याटिङको क्रममा मैले जुन गल्ती गरेको थिएँ त्यो अर्जुनले भनिरहेको थियो र अर्जुनको गल्ती मैले । त्यसैले दुवैलाई खेल सहज भयो,’ राहुलले भने । अर्जुनको जवाफ पनि राहुलले आफ्नो कमजोरी भनिदिराख्दा खेल्न सहज भएको थियो ।

‘मैले उनलाई देख्ने बितिक्कै भारतबाट नभएर नेपालबाट खेलाउनुपर्छ भन्ने सोच लिएको थिएँ । मैले आजसम्म कसैलाई पनि भारतबाट खेल्न भनेको छैन । म मुख्यमन्त्री कप (सिएम) खेलेर घर फर्कंदा पोखरामा यू१६ छनोट भइरहेको थियो । अनि मैले रिजन प्रजु (गण्डकीका प्रशिक्षक) सँग कुराकानी गरे र अनि नेपाल पठाए । छनोटमा राम्रो गर्दै यू१६ प्रतियोगितामा राम्रो गर्यो,’ राहुलले सुनाए ।

‘अर्जुन अन्तिम समयसम्म खेल्छ । उमेरले सानो भएकाले शरिरको उचाई कम छ । त्यसैले धेरै रन बनाउन केहि कठिन पर्छ । उ जहिले पनि सुरुदेखि अन्तिमसम्म खेल्ने प्रयास गरिरहन्छ । मेरो सपना अर्जुनले नेपालबाट खेलोस् र देशको नाम राखोस् भन्ने हो,’ उनले भने ।

यता अर्जुनले पनि लामो इनिङ खेल्ने प्रयास असफल भएकोमा निराशा व्यक्त गरे । ‘आजको खेलमा दुवैले पुरै ५० ओभर खेल्ने सोचेका थियौं । हामी एक अर्कालाई राम्रो बुझ्छौं । अर्धशतक बनाउन चार रन बाँकी थियो । अस्तिझैं आज फेरिपनि हतार गर्दा विकेट गुम्न पुग्यो’, अर्जुनले खेलपछि दुखि हुँदै भने ।

आफ्नो ब्याटबाट लगातार रन बनेपनि टोलीको हारको कारण अर्जुन खेलपछि दुःखी देखिन्थें । ‘म लामो इनिङ खेल्न प्रयास गरिरहेको छु । तर हुन पाएको छैन । सानो गल्ती भइरहेको छ । ३०–४० रन पुगेपछि गल्ति भएको छ । सट छनोट सहि छ तर म हतार गरिरहेको आभास भएको छ,’अर्जुनले भने ।

अर्जुनले राहुलसँग ब्याटिङ गर्दा केहि सहज भएको बताए । ‘ब्याटिङ गर्नेक्रममा राहुलले मलाई राम्रो सल्लाह दिइरहेका थिए । अर्को एन्डबाट कमजोरी बताउँदा खेल्न सजिलो भयो र राम्रो साझेदारी गर्यौं । साझेदारी टुटेपछि केहि दबाब परेजस्तो भयो,’ अर्जुनले भने ।

अर्जुन र राहुल सम्मिलित गण्डकीले प्रतियोगितामा तीन खेल खेल्दा १ जित र २ हार बेहोरेको छ । अब समूहको अन्तिम खेलमा टोलीले बिहीबार एपिएफको सामना गर्दैछ । खेल मुलपानी मैदानमा हुनेछ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.