default_image

5 years ago

January 20, 2021

बेंगलोरद्वारा फिन्च, मोरिससहित १० खेलाडी फुकुवा

125 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनको लागि टोलीबाट १० खेलाडी फुकुवा (रिलिज) गरेको छ ।

बेंगलोरले इंग्ल्यान्डका स्पिनर मोइन अली देखि भारतीय युवा अलराउन्डर शिवम दुबे सम्मका खेलाडीलाई टोलीबाट फुकुवा गरेको जनाएको छ । अष्ट्रेलियाका युवा ब्याट्सम्यान तथा विकेटकिपर जोश फिलिपेलाई अनुबन्ध (रिटेन) गर्दा आरोन फिन्चलाई भने फुकुवा गरेको छ । बेंगलोरले हालसम्म आइपिएलको उपाधि जित्न सकेको छैन ।

गतवर्ष अक्सनमा १६ करोड नेपाली रुपैयाँ खचेर अनुबन्ध गरेका अलराउन्डर क्रिस मोरिसलाई पनि बेंगलोरले फुकुवा गरेको छ । दुबेलाई ८ करोड नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो । अष्ट्रेलिया स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर केन रिचर्ड्सन र पवन देसपान्डेलाई टोलीमै राखेको छ ।

बेंगलोरले कोहलीसँगै १२ खेलाडीलाई टोलीमै राख्ने निर्णय गरेको छ । दक्षिण अफ्रिका आक्रामक ब्याट्सम्यान एबि डिभिलियर्स सहित चार विदेशी खेलाडीलाई टोलीमा राख्दा अन्यलाई फुकुवा गरेको छ । दक्षिण अफ्रिका तीव्र गतिका बलर डेल स्टेनले भने यस अघिनै आइपिएल नखेल्ने जनाई सकेका थिए । भारतीय क्रिकेटबाट सन्न्यास लिई सकेका पार्थिव पटेल पनि टोलीमा छैनन् ।

बेंगलोरले अनुबन्ध र फुकुवा गरेका खेलाडी

टोलीमै राखेका १२ खेलाडी : विराट कोहली, एबि डिभिलियर्स, युजभेन्द्र चहल, देवदत्त पाडिक्कल, वासिन्टन सुन्दर, मोहम्मद सिराज, नवदीप सैनी, एडम जाम्पा, शहवाज नदिम, जोश फिलिपे, केन रिचर्डसन, पवन देशपान्डे

अक्सनको लागि फुकुवा भएका १० खेलाडी : मोईन अली, शिवम दुबे, गुरक्रितसिंह मान, आरोन फिन्च, क्रिस मोरिस, पवन नेगी, पार्थिव पटेल, डेल स्टेन, इसुरु उडाना, उमेश यादव

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.