5 years ago
January 20, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक सफल बलर लासिथ मलिङ्गालाई मुम्बई इन्डियन्सले आगमी संस्करणको प्रतियोगिताको लागि टोलीबाट फुकुवा (रिलिज) गरेको छ ।

पाँच पटकको च्याम्पियन मुम्बईले मलिङ्गा सहित ७ खेलाडीलाई आगमी प्रतियोगिता अक्सनको लागि फुकुवा गरेको छ । मलिङ्गाले सन् २००९ देखि २०१९ सम्म मुम्बईबाट खेल्दै आएका थिए । उनले २०२० को आइपिएल भने व्यक्तिगत कारण खेलेका थिएनन् ।
मलिङ्गाले १ सय २२ खेलमा १ सय ७० विकेट लिएका छन् । जसक्रममा उनले चार पटक उपाधि जितेका छन् । आइपिएकै सर्वाधिक सफल बलर मलिङ्गालाई मुम्बईले पहिलो पटक फुकुवा गरेको हो ।
मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जित्दा टोलीका नायक बनेका थिए । हरेक संस्करणमा सवोत्कृष्ट प्रर्दशन गर्ने योर्कर किंग मलिङ्गालाई पहिलो पटक मुम्बईले फुकुवा गरेको हो । मुम्बईले १८ खेलाडीलाई रिटेन गर्दा ७ खेलाडीलाई रिलिज गरेको छ । मुम्बईले फुकुवा गरेका ७ मध्य ५ विदेशी खेलाडी छन् ।
मुम्बईले पाँचौ उपाधि जित्ने क्रममा २०२० मा पुरै खेलमा बेन्चमा राखेको अष्ट्रेलिया क्रिस लिनलाई पनि टोलीमा अनुबन्ध गरेको छ । आइपिएल अक्सन २०२१ फेब्रुअरी दोस्रो साता हुने सम्भावना छ ।
मुम्बईमै रहने खेलाडी : रोहित शर्मा, काइरन पोलार्ड, हार्दिक पान्ड्या, ट्रेन्ट बोल्ट, क्विन्टन डी कक, सूर्य कुमार यादव, जस्प्रित बुमराह, राहुल चहर, इशान किशन, कु्रनाल पान्ड्या, क्रिस लिन, धवल कुलकर्णी, मोहसिन खान, अनुकुल रोय, आदित्य तारा, सौरभ तिवारी, जयन्त यादव र अनोमलप्रित सिंह ।
मुम्बईबाट फुकुवा भएका खेलाडी : लासिथ मलिङ्गा, नाथन कुल्टर नाइल, जेम्स प्याटिनसन, शेर्फान रदरफोर्ड, मिचेल म्याकलेघान, प्रिन्स बलवान्त राई र दिगविजय देशमुख ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]