5 years ago
January 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका ओपनर सुनिल धमलाले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध शतक प्रहार गरेका छन् ।

धमलाले १ सय ४२ बलमा प्रधानमन्त्रीकप र राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो शतक प्रहार गरेका हुन् । धमलाले ४३ औं ओभरको चौथो बलमा एक रन बटुल्दै पहिलो शतक प्रहार गरेका थिए । धमलाको यो करिअरको पनि पहिलो शतक हो ।
धमला १ सय ४३ बलमा ७ चौका र १ छक्का सहित १ सय १ रनमा खेलि रहेका छन् । धमलालाई दीपेन्द्रसिंह ऐरीले ४८ बलमा १ चौका र ३ छक्का सहित ५७ रनमा साथ दिएका छन् । जारी प्रतियोगिाताको यो दोस्रो शतक हो ।
यसअघि गण्डकीविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीले १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले ४३ ओभरमा २ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको छ ।
पुलिसका ओपनर कुशल भुर्तेललाई कप्तान कृष्ण कार्कीले सातौं ओभरको अन्तिम बलमा प्रनित थापा मगरबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । कुशल आउट हुँदा पुलिसले स्कोरबोर्डमा २७ रन जोडेको थियो ।
स्पिनर दिपेन्द्र रावतको २७ औं ओभरको दोस्रो बलमा अमित श्रेष्ठ मिडअनमा २८ रनमा समातिन पुगे । अमितले ४९ बलमा ३ चौका प्रहार गरे । बुधबार धमलाले सुदूरपश्चिमविरुद्ध ५३ रनको इनिङ खेलेका थिए । दोस्रो विकेटका लागि अमित र धमलो ५७ रनको साझेदारी गरेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]