5 years ago
January 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, तीब्र गतिका बलर करण केसी र युवा अलराउन्डर कुशल मल्ल संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने टि टेन लिगका लागि आज त्यसतर्फ लाग्ने भएका छन् ।

पारस, करण र कुशल बेलुका ७ बजे यूएईतर्फ लाग्ने छन् । अर्का तीब्र गतिका बलर सोमपाल कामी भने आज विहानैं यूएईतर्फ लागि सकेका छन् । सोमपाल मराठा अरेवियन्स, करण पुणे डेभिल्स र कुशल टिम आबूधाबी बाट टि टेन लिग खेल्ने छन् । पारस आबूधाबीमा इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिका निर्वाह गर्ने छन् ।

टि टेन जनवरी २८ देखि फेब्रुअरी ६ सम्म आबूधाबीमा चल्ने छ । काठमाडौंमा जारी प्रधानमन्त्री कप आर्मीका तीनै खेलाडी सोमपाल, करण र कुशलले खेलेनन् । पारसले भने बागमती प्रदेशबाट सुरुवाती दुई खेल खेलेका थिए । पारस पुलिसविरुद्ध १७ रनमा आउट भएका थिए । उक्त खेलमा बागमतीले पुलिसलाई ७ विकेटले हराएको थियो ।

बागमतीले सुदूरपश्चिमलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदा पारस २० रनमा आउट भएका थिए । सुरुवाती दुई खेल खेल्न भ्याउने भएपनि आर्मीका तीनै खेलाडीले खेलेका थिएनन् । आर्मीका कप्तान विनोद भण्डारीले सुरुमा यी तीन खेलाडीलाई खेलाउँदा गएपछि आफूलाई गाह्रो हुने भएकोले कुनैपनि खेल नखलेको बताएका थिए ।
कुशलको बन्द प्रशिक्षणको क्रममा गत पुसमा बाँया हातको काँधमा चोट लागेको थियो । आफूपूर्ण रुपमा फिट भएको कुशलले जनाएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]