default_image

5 years ago

January 21, 2021

कलिला समर्थकलाई ज्ञानेन्द्रको ब्याट उपहार

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक कलिला समर्थकलाई ब्याट उपहार दिएका छन् ।

काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता हेर्न टियु मैदानमा दैनिक आउने बालक सुभम रिजाल नाम गरेका समर्थकलाई ज्ञानेन्द्रले आफूले अभ्यास गर्ने ब्याटनै उपहार दिएका छन् । सुभम उमेरले भर्खरका भएपनि नेपाली क्रिकेटका धेरै खेलाडीलाई चिनेका छन् ।

ज्ञानेन्द्रको बिहिबार उनीसँग कुराकानी गर्दै ब्याटमा रहेको स्टिकर निकालेर हस्ताक्षर गर्दै ब्याट उपहार दिएका थिए । टियुमा उक्त ब्याट पाएपछि निकै खुसी हुँदै उनले नेटमा केहि समय ब्याटिङ गरेका थिए । उनीमा खुसीको सिमा नै रहेन ।

बिहिबार उनी दिउँसभर मैदानबाहिर खेल हेर्दै क्रिकेट खेलिरहेका थिए । रिजाल प्रधानमन्त्री कप सुरु भएसँगै दैनिक रुपमा उनी टियु मैदानमा खेल हेर्न आउँछन् । जसमा उनले बागमतीलाई बढी समर्थन गर्ने गर्दछन् । ज्ञानेन्द्र मल्ललाई नजिकबाट नियालेका उनले लगातार मैदानमा हौसला प्रदान गर्दै आएका छन् । ज्ञानेन्द्रले बिहिबार अभ्यासको क्रममा ब्याट दिएका हुन् ।

सुभम सुरुको दिनदेखिनै लगातार मैदानमा खेल हेर्न आएका छन् । विशेषत बागमतीको खेलमा उनको समर्थन, उत्साह र हौसला बढी हुने गर्दछ । उनी ज्ञानेन्द्रका ठूला फ्यान हुन् । उनको क्रिकेट प्रतिको क्रेज देखेर पहिलो दिनपछि टिकट काउन्टरले निशुल्क प्रवेश गराएको छ । टियु मैदानमा विद्यार्थीलाई २५ र अन्यलाई ५० रुपैयाँ तोकिएको छ ।

सुभमले ज्ञानेन्द्रसँग सुरुकै दिन ब्याट मागेका थिए । ज्ञानेन्द्रले अभ्यासको क्रममा भेटेरै उनीसँग केहि समय कुरा गरेका थिए । ज्ञानेन्द्रले उनलाई त्यसबेला नै ब्याट दिने बाचा गरेका थिए । ज्ञानेन्द्रले पनि रमाईलो र निकै चाखका रुपमा उनीसँग कुराकानी गरेका थिए ।

सुभमले आफू खेतमा टेष्ट क्रिकेट खेल्ने, लेग स्पिनर भएको, टि२०मा फाइभ डाउन ब्याटिङ गर्ने, ज्ञानेन्द्र दाईको काठमाडौं क्रिकेट टेनिङ सेन्टर एकेडेमी रहेको लगायतका चाखलाग्दा कुरा गरेका थिए । ज्ञानेन्द्रले पनि केटाकेटी शैलीमा उनीसँग रमाईलो मान्दै कुराकानी गरेका थिए ।

ज्ञानेन्द्रले उनको क्रिकेट प्रतिको क्रेज र समर्थन देखेर ब्याट दिने बाचा गरेका थिए । बिहिबार अभ्यास गर्न आएको बेला उनलाई आफैं खेल्ने ब्याट ल्याइदिएका थिए । अझ उनले खेल्न सकुन भनेर आफूले खेल्ने ब्याटलाई तासेर केहि सानो पनि बनाइदिएका थिए ।

सबै तस्बिरहरु : विशाल पोखरेल

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.