default_image

5 years ago

January 22, 2021

बागमतीलाई प्रदेश २ को मध्यम लक्ष्य

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले बागमती प्रदेशलाई १ सय ८० रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८.२ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । प्रदेश २ का युवा अलराउन्डर बिवेक यादव अन्तिम विकेटका रुपमा रन आउट हुनुअघि ७४ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ६६ रनको योगदान दिए । बिवेकले ६७ बलमा जारी प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका थिए । बिवेकले लुम्बिनीविरुद्ध ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

छैटौं ओभरको पहिलो बलमा गौतम केसीले हरिशंकर शाहलाई ६ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सातौं ओभरको अन्तिम बलमा रामनरेश गिरीले रवि सिंहलाई शून्यमा एलबिडब्लू आउट गरे । १३ औं ओभरको पाँचौं बलमा विशाल शुश्लिङ ५ रनमा क्याच आउट भए । १४ औं ओभरको पहिलो बलमा सुधिर चौधरीलाई गौतमले १५ रनमा ईशान पान्डेबाट क्याच आउट गराए ।हिमान्शु दत्त शून्य, महबुब आलम २ र कप्तान सुरज कुर्मी १३ रनमा आउट हुँदा प्रदेश दुई २४.१ ओभरमा ६९–७ को अवस्थामा पुगेको थियो ।

आठौं विकेटका लागि बिवेक यादव र राहुल प्रताप सिंहले ५३ रनको साझेदारी गर्दै प्रदेश २ लाई मध्यम योगफलसम्म पुर्याएका थिए । ३९ औं ओभरको तेस्रो बलमा तिलकराज भण्डारीले राहुललाई १८ रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए । ६२ बल खेलेका उनले कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन् । कुमार थापाले ३१ बलमा २ छक्का सहित २२ रनमा बनाउँदै आउट भए ।

तीव्र गतिका बलर गौतम केसीले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर ४ विकेट लिए । राम नरेश गिरीले १० ओभरमा ३ मेडन सहित ३५ रन खर्चेर २ विकेट लिए । विपिन आचार्य, नन्दन यादव र तिलकराज भण्डारीले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.