default_image

5 years ago

January 22, 2021

सन्दीपको राम्रो प्रर्दशनका बाबजुद होबार्ट पराजित

132 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४७ औं खेलमा पर्थ स्कोचर्ससँग २२ रनले पराजित भएको छ । जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

होबार्टका डार्सी सर्टले ३७ बलमा ५ चौका सहित सर्वाधिक ४३ रनको योगदान दिए । पिटर ह्यान्डस्कोम्ब ३०, विल ज्याक्स २१, टिम डेभिड २७, नाथन इल्स ९ र म्याथ्यु वेड ६ रनमा आउट भए । पर्थका झेय रिचर्ड्सनले ४ ओभर ३३ रन खर्चेर ४ विकेट लिए । जेसन बेहरनडोर्फ २, एन्ड्रुय टाई र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ थालेको पर्थले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । पर्थका जोश इंगलिसले ३५ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए । जेसन रोय २०, लियाम लिभिङस्टोन २६, एस्टन टर्नर १५ र झेय रिचर्ड्सनले २९ रनको योगदान दिए । होबार्टका सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । नाथन इल्सले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए ।

यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । तर पहिलो बलमै लियाम लिभिङस्टोनले छक्का प्रहार गर्दै सन्दीपको सुरुवात गरेका थिए । सन्दीपले पहिलो बलमा छक्का खर्चिए पनि दोस्रो र तेस्रो बलमा एक एक रन खर्चिदै पूनरागमन गरेका थिए ।

चौथो बलमा ठूलो सट खेलेका लिभिङस्टोन डीप स्क्विायर लेगमा डेविड मलानबाट २६ रनमा क्याच गराउँदै सन्दीपले पछिल्ला दुई खेलमा बनेको विकेटविहिन खडेरी तोडे । पाँचौं बलमा मिचेल मार्श र छैटौं बलमा जोश इंगलिसलाई एक एक रन दिए ।

जोश र मिचेलले सन्दीपको आठौं ओभरको सुरुवाती तीन बलमा एक एक रन बटुलेका थिए । चौथो बल मार्शलाई डट राखे । पाँचौं बलमा सन्दीपले मार्शलाई ७ रनमा एलबिडब्लू आउट गरे । सन्दीपको गुगली बलमा मार्श एलबिडब्लूको धरापमा परेका थिए । अन्तिम बलमा एस्टन टर्नरले २ रन दिँदै आफ्नो दोस्रो ओभर सकेका थिए ।

११ औं ओभरको पहिलो बलमा जोश इंगलिसले दुई रन लिए । दोस्रो बलमा एक रन लिँदै स्ट्राइक टर्नरलाई दिए । अन्य तीन बलमा पनि सन्दीपले १–१ रन खर्चिए । १३ औं ओभरमा सन्दीपले टर्नरलाई सुरुवाती दुई बल डट राखेका थिए । तेस्रो बलमा कभरमा टर्नरले चौका प्रहार गरेका थिए । चौथो बल डट राख्दा पाँचौं र अन्तिम बलमा बलमा १–१ रन खर्चिदै अन्त्य गरे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.