5 years ago
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर आरिफ शेख घाइते भएका छन् । नेपाल पुलिस क्लबका आरिफ चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो सेमिफाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध टियु मैदानमा फिल्डिङ गर्नेक्रममा इनिङको अन्तिम समयमा घाइते हुन पुगेका थिए ।

खेलको ४६ औं ओभरमा तेस्रो बलमा फिल्डिङ गर्नेक्रममा गल्ली क्षेत्रमा घाइते हुन पुगेका थिए । उनको दाँया खुट्टाको एंकलमा चोट लागेको छ । मैदानमा उनको सामान्य उपचारपछि थप उपचारको लागि ह्याम्स अस्पतालमा पठाइएको छ । चोट लागेको भाग एक्कासी सुन्निएकोले चोट गम्भीर भएको आशंका गरिएको छ ।
आरिफले पुलिसलाई उत्कृष्ट बलिङ गर्दै राम्रो सुरुवात दिलाएका थिए । आरिफले दोस्रो ओभर देखिनै बलिङ गरेका थिए । जसमा उनले एपिएफको सुरुवाती २० ओभर सकिँदा आरिफले आफ्नो स्पेलको १० ओभर सकाएका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको छ ।

आरिफ शेखले ओपनर अर्का ओपनर सुबास खकुरेललाई आठौं ओभरको चौथो बलमा इनस्विङमा १९ रनमा बोल्ड आउट गरे । १२ औं ओभरको अन्तिम बलमा आरिफले कप्तान शरद भेषावकरलाई विकेटकिपर अनिल कुमार शाहबाट १८ रनमा क्याच गराउँदै उत्कृष्ट सुरुबात दिलाएका थिए । आरिफले २० औं ओभरमा मात्र एक रन खर्चिदै आफ्नो १० ओभर सकाएका थिए ।
आरिफले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिए । आरिफ उपलब्ध हुने सम्भावना कम हुँदा पुलिसलाई ब्याटिङमा समस्या पर्न सकने अनुमान गरिएको छ ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]