5 years ago
January 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजको विजेताले शनिवार उपाधिको लागि नेपाल एपिएफ क्लबसँग खेल्ने छ । एपिएफले पहिलो खेलमा पुलिसलाई ३० रनले हराउँदै फाइनलमा पुगि सकेको छ । आर्मी प्रधानमन्त्री कपको तीनै संस्करणमा फाइनल सम्मको यात्रा तय गरेको छ ।
आर्मी बागमतीलाई हराउँदै लगातार चौथो पटक फाइनमा पुग्ने सोचमा छ । यता बागमती पनि आर्मीलाई हराउँदै प्रधानमन्त्री कपको फाइनलमा पुग्ने पहिलो प्रदेशको टोली बन्न चाहान्छ ।
आर्मी विनोद भण्डारी र बागमती ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छन् । आर्मीका लागि कप्तान विनोद भण्डारी, अनिल कुमार मण्डल र रोहित कुमार पौडेल प्रमुख ब्याटिङ हतियार हुन् । विनोदले पहिलो खेलमा गण्डकीविरुद्ध १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । अनिल राम्रो लयमा छन् ।
रोहित, भिम सार्की र लोकेश बमलाई राम्रो प्रर्दशन गर्न आवश्यक देखिन्छ । सुशन भारी र साहब आलम स्पिन हतियार हुन् । तीव्र गतिका बलरमा आकाश चन्द, विक्रम सोब र जितेन्द्र मुखिया छन् । एपिएफविरुद्ध ५ विकेट लिएका मध्यगतिका बलर हरि चौहान पनि बागमतीलाई टाउको दुखाई बन्न सक्छन् ।

बागमतीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा उच्च लयमा छन् । पृथुले ४ खेलमा २ अर्धशतक सहित २ सय १४ रन बनाएका छन् । उनको लयलाई रोक्न कठिन पर्नसक्छ । कप्तान ज्ञानेन्द्र मल्लले यस प्रतियोगितामा अपेक्षा अनुसार प्रर्दशन गर्न सकेका छैनन् । आर्मीविरुद्ध मल्लको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।
समूह बी बाट अपराजित रहँदै सेमिफाइनलको यात्रा तय गरेको बागमतीका लागि आदिल खान र ईशान पान्डे बाँया हाते युवा ब्याट्सम्यान हुँदा अझ फाइदा मिल्ने छ । बलिङमा विपिन आचार्य र तिलकराज भण्डारी घातक बन्न सक्छन् । तीव्र गतिका बलर रामनरेश गिरी, गौतम केसी र नन्दन यादव छन् ।

गत संस्करणमा बागमती सेमिफाइनलमा आर्मीसँग १ सय १७ रनको फराकिलो अन्तरले पराजित हुँदै बाहिरिएको थियो । बागमती उक्त हारको बदला यस पटक लिन चाहान्छ । हालसम्म प्रधानमन्त्री कपको फाइनलमा प्रदेशका टोली पुग्न सकेका छैनन् । त्यसैले बागमतीलाई आजको खेलमा इतिहास बनाउने अवसर छ ।
पहिलो संस्करणमा पुलिस र आर्मीले फाइनलको खेल प्रभावित हुँदा उपाधि संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]