default_image

3 years ago

January 28, 2021

आर्मीविरुद्ध पहिला बलिङ गर्दै बागमती

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेशले पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए । बागमतीले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । आर्मीले तीव्र गतिका बलर आकाश चन्दको स्थानमा […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेशले पहिला बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए । बागमतीले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । आर्मीले तीव्र गतिका बलर आकाश चन्दको स्थानमा जितेन्द्र मुखियालाई खेलाएको छ ।

आजको विजेताले शनिवार उपाधिको लागि नेपाल एपिएफ क्लबसँग खेल्ने छ । एपिएफले पहिलो खेलमा पुलिसलाई ३० रनले हराउँदै फाइनलमा पुगि सकेको छ । आर्मी प्रधानमन्त्री कपको तीनै संस्करणमा फाइनल सम्मको यात्रा तय गरेको छ । आर्मी बागमतीलाई हराउँदै लगातार चौथो पटक फाइनमा पुग्ने सोचमा छ । यता बागमती पनि आर्मीलाई हराउँदै प्रधानमन्त्री कपको फाइनलमा पुग्ने पहिलो प्रदेशको टोली बन्न चाहान्छ ।

गत संस्करणमा बागमती सेमिफाइनलमा आर्मीसँग १ सय १७ रनको फराकिलो अन्तरले पराजित हुँदै बाहिरिएको थियो । बागमती उक्त हारको बदला यस पटक लिन चाहान्छ । हालसम्म प्रधानमन्त्री कपको फाइनलमा प्रदेशका टोली पुग्न सकेका छैनन् । त्यसैले बागमतीलाई आजको खेलमा इतिहास बनाउने अवसर छ ।

पहिलो संस्करणमा पुलिस र आर्मीले फाइनलको खेल प्रभावित हुँदा उपाधि संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

बागमतीको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा, ईशान पान्डे, रामनरेश गिरी, आकाश थापा, आदिल खान, विभत्सु थापा, गौतम केसी, तिलकराज भण्डारी, विपिन आचार्य र नन्दन यादव

आर्मीको प्लेइङ ११ : विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), अनिल मण्डल, रोहित कुमार पौडेल, भिम सार्की, राजेश पुलामी, हरि चौहान, विक्रम सोब, सुशन भारी, साहब आलम, लोकेश बम र जितेन्द्र मुखिया

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.