default_image

5 years ago

January 28, 2021

सोमपाल सम्मिलित मराठाको विजयी सुरुवात

187 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेवियन्सले आबूधाबी टि १० लिगमा विजयी सुरुवात गरेको छ ।

बिहिबार मराठाले नर्थन वारियर्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । अन्तिम बलमा मोसदेक होसेनले चौका प्रहार गर्दै जित पक्का गरेका थिए ।

मराठाको जितमा ओपनर अब्दूल सकुर २८ बलमा ७ चौका र ५ छक्का ७३ रनको रनको विष्फोटक इनिङ खेले । जावेद अमहद ६ र लाहिरु इभान्स ९ रनमा आउट भए । अब्दुल सकूरले १४ बलमै अर्धशतक प्रहार गरेका थिए । मोहम्मद हफिज १९ रनमा आउट भए । फबिएन एलेन २ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको नर्दनले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । नर्थनका ओपनर लेन्डन सिमन्स ३१ बलमा ७ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहे । त्यस्तै रोभमन पवेल ७ बलमा २ चौका र २ छक्का सहित २२ रनमा अविजित रहे ।

ओपनर सिमन्स र बे्रन्डन किंगले ५.१ ओभरमा ६२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रन आउट हुनुअघि किंग्सले १३ बलमा ४ छक्का सहित २९ रनको योगदान दिए । निकोलस पुरन ९ बलमा २ चौका र १ छक्का १९ रनमा सोमपाल कामीबाट क्याच आउट हुन पुगे । सोमपाल कामीले २ ओभरमा २८ रन खर्चेपनि विकेट लिन सकेनन् ।

डेब्यू खेलमा सोमपलले टोलीको प्रमुख तीव्र गतिको बलरको रुपमा खेल्दै पहिलो र अन्तिम ओभर गरेका थिए ।

सोमपालको दुई ओभर

इनिङकै पहिलो ओभर बलिङ गरेका सोमपालले पहिलो बलमा ब्रेन्डन किंगलाई डट गराएका थिए । दोस्रो बलमा किंगले ठूलो सट खेल्न खोज्दा टप एज लागेपछि डिप स्क्वायर लेगमा जाभेद अहमादीले क्याच लिन नसक्दा सोमपाल विकेट लिनबाट चुके । त्यसक्रममा किंग २ रन जोड्दै खाता खोल्न सफल रहे ।

तेस्रो बलमा किंगले डिप मिड विकेटतर्फ छक्का प्रहार गरे । चौथो बलमा किंगले रन जोड्न सकेनन् । पाँचौ बलमा सोमपालले उत्कृष्ट योर्कर फ्याँक्दै रन जोड्न दिएनन् । ओभरको अन्तिम बलमा सोमपालले बाउन्सर फाल्दै किंगलाई बिट गर्न सफल रहे । पहिलो ओभरमा उनले ८ रन खर्चे ।

सोमपल १० औं ओभरमा बलिङमा आएका थिए । पहिलो बलमा डीप स्क्वायर लेगमा सिमन्सले चौका प्रहार गरे । सोमपाललाई चौका प्रहार गर्दै सिमन्सले २९ बलमा अर्धशतक प्रहार गरेका थिए । दोस्रो अफ फुलटस बलमा सिमन्सले तीन रन जोडेका थिए । तेस्रो बलमा पवेलले चौका प्रहार गरे ।

चौथो बलमा एक रन दिए । चौथो योर्कर बलमा एक रन बटुलेका थिए । पाँचौं बलमा उनले दुई रन दिएका थिए । त्यसपछि वाइड फाले । अन्तिम बलमा सोमपाललाई डिप मिडविकेटमा छक्का प्रहार गरेका थिए ।

सोमपालको टोलीले अव शनिबार दिल्ली बुल्ससँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.