default_image

5 years ago

January 28, 2021

टि १० मा करणको डेब्यू

133 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले आबूधाबी टि१० लिगमा पुणे डेभिल्सबाट डेब्यू गर्ने भएका छन् ।

करणले पुणेको पहिलो खेलमै डेकन ग्ल्याडियटर्सविरुद्ध डेब्यू गर्ने भएका हुन् । करणको टोली पुणेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । करण टोलीको प्लेइङ ११ मा छन् ।

नेपाली टोलीका अर्का अर्का अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेवियन्सले आबूधाबी टि १० लिगमा विजयी सुरुवात गरेको छ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको नर्दनले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।सोमपाल कामीले २ ओभरमा २८ रन खर्चेपनि विकेट लिन सकेनन् सोमपालको टोलीले अव शनिबार दिल्ली बुल्ससँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.